एआई सूचना प्लेटफर्म ‘दागाची एप’ ले भाषाको पर्खाल भत्काउँदै
हेटौंडा —एआई प्रविधिमा आधारित बहुभाषिक सूचना प्लेटफर्म दागाची एप, मकवानपुरमा आयोजित पत्रकार सम्मेलनमार्फत सार्वजनिक गरिएको छ। मनसाचोकस्थित डाँफे प्यालेस होटलमा आज पत्रकार सम्मेलन मार्फत एपका नेपाल प्रतिनिधि माधव सापकोटाले दागाची एपको उद्देश्य, कार्यप्रणाली र भविष्यका योजनाबारे विस्तृत जानकारी गराएको हो । प्रतिनिधि सापकोटाका अनुसार यो एपको मुख्य लक्ष्य कोरियामा कार्यरत र भविष्यमा कोरिया जाने तयारीमा रहेका विदेशी नागरिकलाई भाषागत अवरोध बिना सही र विश्वसनीय सूचना उपलब्ध गराउनु हो। हाल कोरियामा रहेका विदेशी कामदार, विद्यार्थी र पर्यटकहरूले सरकारी सूचना बुझ्न, रोजगारी, आवास, इन्टर्नसिप, कानुनी प्रक्रिया र आपतकालीन अवस्थामा सही निर्णय लिन कठिनाइ भोग्दै आएका छन्। यस्ता समस्याको समाधान गर्न यो एप…
