Uncategorized

हावाहुरीले कागती खेती नष्ट

हावाहुरीले कागती खेती नष्ट

तनहुँ- केही दिनदेखि आएको हावाहुरीसहितको वर्षाले तनहुँको व्यास नगरपालिका-१३ आशापानीमा कृषकले लगाएको कागती खेतीमा नोक्सान पुर्‍याएको छ । स्थानीयवासी राजु रेग्मीले व्यावसायिकरूपमा सुरु गर्नुभएको कागती खेतीमा हावाहुरीले नोक्सानी गरेको हो । छब्बीस रोपनी क्षेत्रफलमा एक हजार बोट लगाएकामा हावाहुरीले तीन सय बोट नष्ट गरेको उनले जानकारी दिए । उनका अनुसार २६ रोपनी क्षेत्रफलमा व्यावसायिकरूपमा कागती खेती गरिएको छ । किसान रेग्मीले भने “हावाहुरीले धेरै ठूलो क्षति पुगेको छ, तीन सयभन्दा बढी बोट भाँचिएको छ, बगैँचा ध्वस्त बनाएको छ ।” कृषिमा केही गर्छु भन्ने सोच राखेर अगाडि बढ्दा प्रकृतिबाट ठगिएको उनको गुनासो छ । चार वर्ष कोरिया बसेर फर्केका उनले कागतीलाई…
Read More
उपेक्षामा जनकवि गोकुल जोशी

उपेक्षामा जनकवि गोकुल जोशी

दुलेगौडा । तनहुँको शुक्लागण्डकी नगरपालिकाको राईपुर खोला खेतमा जन्मिएका जनकवि गोकुुल जोशीको चर्चा देशभर भएपनि सरकारले उनको योगदानको कदर गर्न सकेको छैन । वि.स. १९८७ जेठ ८ मा जन्मिएका जोशीले नेपाली साहित्यमा महत्वपूर्ण योगदान पु¥याएको भन्दै साहित्य सम्वन्धि संघ सस्थाहरुले भने चासो दिएको पाईन्छ । सोमबार उनको जन्मजयन्तीको अवसरमा गण्डकी साहित्य संगमले विशेष कार्यक्रम गरि जोशीको कृति र योगदानलाई स्मरण गरेको छ । उक्त कार्यक्रममा सहभागि भएका शुक्ला साहित्य संगमका पुर्व अध्यक्ष आनन्दसुन्दर श्रेष्ठले उहाँको योगदानलाई अमर बनाउन आवश्यक रहेको बताए । प्रत्येक जेठ ८ मा जोशीको जन्मस्थल खोलाखेतमा विशेष कार्यक्रम हुने भएता पनि यस बर्ष भने त्यस किसिमको कार्यक्रम…
Read More
तारा खेल मुस्ताङमा र ठेलो खेल म्याग्दीमा हुने

तारा खेल मुस्ताङमा र ठेलो खेल म्याग्दीमा हुने

पोखरा । परम्परागत तारा खेल मुस्ताङ र ठेलो खेल म्याग्दीमा हुने भएको छ । प्रदेश खेलकुद परिषद गण्डकीको आयोजनामा दुई छुट्टा–छुट्टै प्रतियोगिता आयोजना हुने भएका हुन् । प्रदेश खेलकुद परिषदले स्थानिय परम्परागत खेलहरुको संरक्षण गर्न वार्षिक कार्यक्रममा ति प्रतियोगिताका लागि बजेट विनियोजन गर्दै आएको छ । परम्परागत तारा खेल यहि जेठ १७ र १८ गते मुस्ताङको थासाङ गाउँपालिका वडा नं ३ लेतेमा हुने छ भने ठेलो खेल जेठ २० गते म्याग्दीको सदरमुकाम बेनीमा हुने प्रतियोगिताका संयोजक योगेन्द्र शेरचनले जानकारी दिए । परिषदका सदस्य समेत रहेका शेरचनले तारा र ठेलो खेलका लागि ११ वटै जिल्ला खेलकुद विकास समितिहरुलाई पत्रचार गरिएको बताए…
Read More
महिनावरीमा पेट दुखेर असैह्य हुन्छ ? यी हुन दुःखाई कम गर्ने उपाय

महिनावरीमा पेट दुखेर असैह्य हुन्छ ? यी हुन दुःखाई कम गर्ने उपाय

काठमाडौँ । महिनावारी हुनुअगाडि, भएको बेला र रगत आउँदासम्म कसैलाई धेरै नै पेट दुख्ने गर्छ । महिनावारीबारे आवश्यक ज्ञान नहुँदा स्कुले किशोरीले निकै असजिलो महसुस गर्छन् । कसैले पढाई छाडेर घरमा नै बस्छन् । प्रायःकिशोरीहरुमा १३–१४ वर्षदेखि १७–१८ वर्षसम्मको समयमा महिनावारी नियमित हुने गरेको पाइदैन । महिनावारीको समयमा कहिले– कसैलाई धेरै रक्तश्राव भइरहेको हुन्छ भने कसैलाई कम हुने गर्छ। तर, यो सामान्य प्रक्रिया हो । झण्डै चालिस प्रतिशत किशोरीमा यस्तो समस्या देखापर्छ। तर अत्याधिक रगत देखिनुका साथै पेट दुखेको खण्डमा अनि धेरै दिनसम्म रगत गइरहेमा वा महिनामा दुईपटक वा २८ दिनबाट ७ दिन छाडेर ढिला भएमा तपाईले चिकित्सकसँग परामर्श लिनुपर्छ…
Read More
भुँडी  घटाउन चाहनुहुन्छ ? अपनाउनुहोस् यी उपाय

भुँडी घटाउन चाहनुहुन्छ ? अपनाउनुहोस् यी उपाय

भुँडी लाग्नु वा धेरै मोटाउनु अस्वस्थ शरीरको सूचक हो । मोटोपन आफैंमा कुनै रोग होइन तर मोटाउन थालेपछि शरीरमा अनेकौं रोगले घर बनाउन थाल्छन् । अस्वाभाविक रुपमा भुँडी लाग्नु वा शरीरमा अत्याधिक बोसो जम्नुलाई चिकित्सा विज्ञानले मुटुरोग, मधुमेह, दम, उच्च रक्तचाप, पेटका समस्या, हर्मोनहरुको समस्या जस्ता रोगको प्रमुख कारकको रुपमा मानेको छ । हाम्रो शरीरमा सबैभन्दा पहिले र सबैभन्दा धेरै बोसो लाग्ने ठाउँ पनि भुँडी क्षेत्र नै हो । भुँडीमा बोसो लागिसकेपछि त्यसलाई घटाउन धेरै गार्‍हो पर्छ । बढेको भुँडीबाट अनेकौं हानिकारक तत्वहरु निस्किन्छन् । यस्ता हानिकारक तत्वहरु टाइप–२ मधुमेह, कोरोनरी मुटुरोग र अन्य धेरै रोगको कारक हुन् । एक…
Read More
बन बिनास र क्षयीकरण घटाउने बिषयमा प्रदेशस्तरीय गोष्ठी बन्दीपुरमा

बन बिनास र क्षयीकरण घटाउने बिषयमा प्रदेशस्तरीय गोष्ठी बन्दीपुरमा

सानेबहादुर नेपाली/ बन्दिपुर । बन बिनास र क्षयीकरण घटाउने (रेड) बिषयमा बिहीबार तनहुँको बन्दीपुरमा गण्डकी प्रदेशस्तरीय सरोकारवलाहरुको परामर्श गोष्ठी सम्पन्न भएको छ । बन बिनास र क्षयीकरण घटाउने (रेड) कार्यन्वयन केन्द्र काठमाण्डौंको आयोजना तथा उद्योग पर्यटन बन तथा वातावरण मन्त्रालय गण्डकी प्रदेशको संयोजनमा उक्त कार्यक्रमको आयोजना गरेको हो । उक्त कार्यक्रममा तनहुँ,गोरखा,लमजुङ्ग जिल्लाका सामुदायिक उपभोक्ता महासंघ,आदिबासी जनजाति महासंघ,स्थानीय तहका जनप्रतिनिधी,डिभिजन बन कार्यालय,भूसंरक्षण कार्यालय र दलित समुदायको सहभागिता रहेको थियो । कार्यक्रममा उद्योग पर्यटन बन तथा वातावरण मन्त्रालय गण्डकी प्रदेशका सचिव बिशाल घिमिरेले छनोट भएका गण्डकी,लुम्बिनी र बाग्मती प्रदेशका पालिकाभित्र हरित ग्याँस उत्सर्जन न्यूनिकरणमा जोड दिनुपर्ने बताउनुभयो । बन बिनास र…
Read More
‘सिंचाईको अभावमा हजारौँ रोपनी जमिन बाँझियो’

‘सिंचाईको अभावमा हजारौँ रोपनी जमिन बाँझियो’

सावित्रा कोईराला/दमौली । तनहुँवासीले सिंचाइको अभावले खेती योग्य जमिन बाँझै रहने समस्या र नदी तथा खोलाको तटबन्धनमा वर्षेनी हुदै आएको क्षति न्यूनिकरणमा ध्यान दिन सरोकार वाला निकाय समक्ष माग राखेका छन् । मुख्यमन्त्री तथा मन्त्रीपरिषदको कार्यालय गण्डकी प्रदेशको आयोजना सफलता मिडिया प्रा.लिको सहजिकरणमा जलसो्रत तथा सिंचाइ विकास डिभिजन कार्यालयको सेवा प्रवाह र सञ्चालित योजनाका सम्बन्धमा भएको सार्वजनिक सुनुवाईमा कार्यक्रममा सहभागीहरुले यस्तो बताएका हुन । कार्यक्रममा सहभागीले जलसो्रत तथा सिंचाइ विकास डिभिजन कार्यालयबाट प्राप्त हुने सेवाहरु चुस्तदुरुस्त देखिएता पनि योजना छनौटमा अनुगमन गरेर आवश्यकता अनुसार प्राथमिकताका आधारमा छनौट हुनु पर्ने बताए । तनहुँमा यस्ता सार्वजनिक सुनुवाई कार्यक्रम कमै मात्र हुने गरेको…
Read More
ट्रेड युनियन कांग्रेस तनहुँको अध्यक्षमा केसी सर्वसम्मत चयन

ट्रेड युनियन कांग्रेस तनहुँको अध्यक्षमा केसी सर्वसम्मत चयन

दमौली । नेपाल टेड युनियन काँग्रेस तनहुँको अध्यक्ष पदमा कृष्णबहादुर केसी नागिला सर्वसम्वत चयन हुनुभएको छ । सातौं जिल्ला अधिवेशनले केसी लाई चयन गरेको हो । अध्यक्षमा निर्वाचित नागिला यस अघि दुई कार्यकाल उपाध्यक्ष भएर काम गर्नु भएको थियो । अध्यक्षमा केसी, नेपाल शिक्षक संघको तर्फबाट प्रमोद न्यौपाने, हरिभक्त सुवेदी, ओजराज बगाले गरी चार जना आकांक्षी मध्ये सर्व सम्मत चयन गर्न गठित समितिले केसीलाई चयन गरेको हो । नव गठित समितिको उपाध्यक्ष खुल्लातर्फ विश्वनाथ अधिकारी, महिलातर्फ कमलादेवी काफ्ले, सेवाक्षेत्र तर्फ प्रमोद सोती, उत्पादन क्षेत्र तर्फ सन्तोष वाग्ले, अनौपचारिक तथा स्वरोजगारतर्फ देवी न्यौपाने पौडेल चयन हुनुभएको छ । त्यसैगरी सचिवमा पशुपति…
Read More
No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.