सिर्जना

काठमाडौंका ६८ अस्पताल प्रशासन बन्द गराउने मेयर साहको चेतावनी, मन्त्रालयलाई ७ दिनको अल्टिमेटम

काठमाडौंका ६८ अस्पताल प्रशासन बन्द गराउने मेयर साहको चेतावनी, मन्त्रालयलाई ७ दिनको अल्टिमेटम

काठमाडौं । काठमाडौं महानगरका मेयर बालेन शाहले विपन्न एवं लक्षित वर्गहरूलाईदिनुपर्ने कुल शय्याको १० प्रतिशत छुट्टाई निःशुल्क उपचार उपलब्ध गराउने सम्बन्धमा स्वास्थ्य मन्त्रीको ध्यानाकर्षण गराएका छन् । मङ्गलवार स्वास्थ्य तथा जनसंख्यामन्त्री मोहन बस्नेतलाई भेटेर मेयर शाहले सबैका लागि सर्वसुलभ स्वास्थ्य उपलब्ध गराउने र विद्यमान कानुन अनुसार नागरिकले पाउने स्वास्थ्य सम्बन्धी छुट सुविधाहरू उपलब्ध गराउन ध्यानाकर्षण गराएका हुन् । छुट सुविधा सम्बन्धी विवरण माग गर्दा उपलब्ध नगराउने ६८ स्वास्थ्य संस्थाहरूको संलग्न विवरण अनुसार नियमन र कारबाही गर्न मन्त्री बस्नेतलाई अनुरोध गरिएको उनले बताए । मन्त्रालयले ती स्वास्थ्य संस्थाहरूलाई ७ दिनभित्र कानूनी दायरामा नल्याए अस्पताल प्रशासन बन्द गर्न बाध्य हुने चेतावनी पनि…
Read More
९८ प्रकारका औषधि, खोप लगायतका आधारभूत स्वास्थ्य सेवा निःशुल्क

९८ प्रकारका औषधि, खोप लगायतका आधारभूत स्वास्थ्य सेवा निःशुल्क

काठमाडौं । सरकारले ९८ प्रकारका औषधि, खोप लगायतका आधारभूत स्वास्थ्य सेवा निःशुल्क उपलब्ध गराउने भएको छ । मुलुकभरका ६ हजार ७ सय ४३ वडाका आधारभूत स्वास्थ्य सेवा केन्द्रबाट यो सुविधा लिन सकिने जनाएको छ । औषधि, खोप लगायतका आधारभूत स्वास्थ्य सेवा निःशुल्क उपलब्ध गराउन १ अर्ब २८ करोड विनियोजन गरेको आगामी आर्थिक वर्ष २०८०/०८१ का लागि बजेट प्रस्तुत गर्दै अर्थमन्त्री डा. प्रकाशशरण महतले बताएका छन् । कार्यक्रम अन्तर्गत स्वदेशमा नै उत्पादित औषधि खरिद गर्न प्राथमिकता दिइने समेत बताएको छ । बहुसंख्यक जनताले सेवा प्राप्त गर्ने गरी पायक पर्ने स्थानमा आधारभूत अस्पताल निर्माण तथा सञ्चालन गर्न प्राथमिकता दिइने समेत बताएको छ…
Read More
अभियानद्धारा प्लास्टिकको झोला कम प्रयोग गर्न आग्रह

अभियानद्धारा प्लास्टिकको झोला कम प्रयोग गर्न आग्रह

दुलेगौंडा । सुसाशन र समृद्ध शुकलागण्डकीका लागि युवा अभियानले प्लास्टिकको झोला प्रयोग कम गर्न सर्वसाधारण र विद्यार्थीलाई सजक बनाएको छ । प्लास्टिकको झोलाले व्यक्तिगत, सामाजिक र वातावरणीय हिसाबले दीर्घकालिन रुपमा नकारात्मक प्रभाव पार्ने हुदाँ यो कार्यक्रम गरेको हो । अभियानले दुलेगौंडा स्थित वन्केवा चोकमा आम सर्वसाधारण नागरिकलाई सजक गराउदै कपडाको वितरण गरेको थियो । साथै शहिद कृष्ण माध्यमिक विद्यालयमा पनि विद्यार्थीहरुलाई सजक बनाउदै कपडाको झोला वितरण गरिएको छ । तनहुँ सेवा हस्पिटलका डाक्टर राज गुरुङले विद्यार्थीहरुका प्लास्टिकका झोला प्रयोग, यसले पार्ने प्रभावका बारेमा जानकारी गराएका थिए । उनका अनुासर प्लास्टिकको झोला प्रयोग ठप्प गर्न नसके पनि कम प्रयोग गर्दै कपडाको…
Read More
घटेन नवजात शिशुको मृत्युदर

घटेन नवजात शिशुको मृत्युदर

१४ जेठ, काठमाडौं । सरकारले स्वास्थ्य क्षेत्रलाई प्रमुख प्राथमिकताभित्र राखेर वर्षौंदेखि विभिन्न कार्यक्रम चलाइरहे पनि नवजात शिशुको मृत्युदरमा कमी ल्याउन भने नसकेको पाइएको छ । ५ वर्षमुनिका बालबालिका तथा १ वर्षसम्मका शिशुको मृत्युदर बिस्तारै घट्दै गए पनि नवजात शिशुको मृत्युदर अझै पनि उच्च छ । दिगो विकास लक्ष्य अनुरुप सन् २०३० सम्ममा नवजात मृत्युदर प्रतिहजार जीवित जन्ममा १२ वा सोभन्दा कम र २०३५ मा १० भन्दा कममा ल्याउने सरकारले प्रतिबद्धता जनाएको छ । आइतबार सार्वजनिक आर्थिक सर्वेक्षण २०७९/०८० को तथ्यांक अनुसार नवजात मृत्युदर प्रतिहजार जीवित जन्ममा २१ र एक बर्षसम्मका शिशुको मृत्युदर २८ रहेको छ । विज्ञहरूका अनुसार जुन रूपमा…
Read More
एसीमा लामो समय बस्दा स्वास्थ्यमा कस्तो असर गर्छ ?

एसीमा लामो समय बस्दा स्वास्थ्यमा कस्तो असर गर्छ ?

चर्को गर्मी, खलखल पसिना अनि काम । यस्तो बेला एयर कन्डिसनर (एसी)को चिसो तपाईं पनि सम्झिनुहुन्छ होला । अहिले सहरबजारमा कार्यालय र घरमा एसीको प्रयोग बढ्दो छ । एसीयुक्त कोठामा बस्दा हामीलाई फ्रेस महसुस त हुन्छ नै, यसले बाहिरको दूषित हावामा भएका कीटाणु र जीवाणुलाई पनि भित्र प्रवेश गर्नबाट रोक्छ । यद्यपि एसीका फाइदा मात्रै होइन, बेफाइदा पनि छन् । यसले मानव शरीरलाई मात्रै नभई वातावरणलाई पनि उत्तिकै असर गरिहेको हुन्छ । किनकि एसीबाट निस्कन रासायनिक पदार्थले ओजन तह पातलो गर्ने काम गर्छ, जसले गर्दा भविष्यमा क्यान्सर समेत हुन सक्छ । एसीमा बस्दा हुने ‘साइट इफेक्ट’ एसीयुक्त कोठा चिसो हुने…
Read More
डेङ्गुबाट बच्न स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयको आग्रह

डेङ्गुबाट बच्न स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयको आग्रह

काठमाडौँ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले गर्मीयामसँगै पानी पर्न थालेकाले डेङ्गुको सङ्क्रमणबाट जोगिन आग्रह गरेको छ । पानी परेसँगै लामखुट्टेका लार्भाको सङ्ख्या बढ्ने भएकाले मन्त्रालयले डेङ्गु सङ्क्रमणबाट जोगिन आग्रह गरेको हो । मन्त्रालयले एक सूचना जारी गर्दै डेङ्गुको सङ्क्रमणबाट बच्नका लागि लामखुट्टेको टोकाइबाट बच्नुपर्ने भन्दै सधैँ झूल टाँगेर मात्र सुत्न, खेतबारीमा काम गर्दा लामो बाहुला भएका लुगा लगाउन, घरको झ्याल ढोकामा जाली हाल्न अनुरोध गरेको छ । यस्तै सम्भव भएसम्म लामखुट्टे भगाउने धूप वा मलमको प्रयोग गर्न, घरपालुवा पशुपक्षी व्यवस्थित ढङ्गले पाल्न र घर वरिपरि गमला, टायर वा कुनै पनि खुला भाँडामा पानी जम्न नदिनसमेत आग्रह गरेको छ । “पानी…
Read More
गर्मी बढेसँगै बिरामी बढे, रगतको अभाव

गर्मी बढेसँगै बिरामी बढे, रगतको अभाव

चितवन । जिल्लामा गर्मी बढेसँगै बिरामीको सङ्ख्या बढ्दा रगतको अभाव भएको छ । रगत अभाव भएपछि नेपाल रेडक्रस सोसाइटी चितवन शाखाले अपिल प्रकाशित गरी रक्तदान गर्न आह्वान गरेको छ । शाखा सभापति हरिप्रसाद पौडेलद्वारा जारी अपिलमा भरतपुर अस्पताल, बिपी कोइराला मेमोरियल क्यान्सर अस्पताल, कलेज अफ मेडिकल साइन्सेस शिक्षण अस्पताल, चितवन मेडिकल कलेज शिक्षण अस्पताललगायत निजी र सामुदायिक अस्पतालमा उपचारार्थ आउने बिरामीको सङ्ख्या दिनहुँ बढ्दै गएको उल्लेख छ । अपिलमा भनिएको छ, “हाल गर्मी मौसमको कारणले रक्तदान कार्यक्रमको आयोजना कम हुने गरेको र रगतको मागमा अत्याधिक वृद्धि भई मागअनुसार रगत आपूर्ति गर्न कठिन भएको छ ।” रक्तदान गरेर जीवनदान दिन सम्पूणर्…
Read More
लामो समय बाडुली लाग्दा के गर्ने ?

लामो समय बाडुली लाग्दा के गर्ने ?

‘कस्तो बाडुली लाग्यो, कसैले सम्झियो कि क्या हो ।’ यसको भनाइ हरकोहीको सुनिन्छ । बाडुली लागेपछि रोक्नका लागि धेरै जुक्ति लगाइन्छ । कोही पानी पिएर ठीक पार्न खोज्छन् त कोही अन्य उपाय अपनाउन थाल्छन् कसैलाई बाडुली लागेपछि केही छिनमा रोकिन्छ भने कसैलाई अलि लामै समय लागिरहन्छ । बाडुली नरोकिंदा कतिपय ठाउँमा असहज महसुस पनि हुन्छ । बाडुली किन आउँछ ? हाम्रो पाचन वा श्वासप्रश्वास प्रणालीमा गडबडी र अत्यधिक हलचल भएमा बाडुली लाग्न थाल्छ । पेट र फोक्सोको बीचमा रहेको डायाफ्राम अर्थात् करङको मांसपेशी खुम्चिएर फोक्सोले छिटो हावा तान्न थाल्छ, जसकारण व्यक्तिलाई बाडुली लाग्न थाल्छ । त्यस्तै, घाँटीमा खसखस जस्ता कारणले…
Read More
बच्चामा अन्धोपनको जोखिम बढाउने आरओपी समस्या के हो ?

बच्चामा अन्धोपनको जोखिम बढाउने आरओपी समस्या के हो ?

सामान्य बच्चाको तुलनामा समयअगावै जन्मिएका बच्चामा विभिन्न किसिमका स्वास्थ्य समस्या धेरै देखिन्छन् । अन्य शारीरिक समस्यासँगै समय नपुगी जन्मिएका र कम तौल भएका बच्चामा आँखाको समस्या पनि देखिन्छ । समयअगावै जन्मिएका बच्चामा देखिने आँखाको समस्यामध्ये ‘रेटिनोप्याथी अफ प्रिमच्योरिटी (आरओपी)’ पनि एक प्रमुख समस्या हो । उमेर नपुगी जन्मिएका, कम तौल भएका र सुत्केरी हुने समयमा राम्रो ख्याल नपाएका बच्चामा यस्तो समस्या देखिन्छ । आरओपी रोग विश्वभरका बच्चामा हुने अन्धोपनको मुख्य कारण हो । यो रोगमा आँखाको पछिल्लो भागमा हुने पर्दामा असर पर्छ । के हो आरओपी ? प्रिम्याच्युअर्ड अर्थात् ३४ हप्ताभन्दाअघि जन्मिने र दुई केजीभन्दा कम तौल भएका शिशुको आँखामा…
Read More
काँक्राका फाइदै-फाइदा, कुन समयमा खानु राम्रो ?

काँक्राका फाइदै-फाइदा, कुन समयमा खानु राम्रो ?

चर्को गर्मीमा काँक्रा खानुको मज्जा नै बेग्लै हुन्छ । धेरैजसो सलादकै रुपमा खाइने काँक्राले शरीरलाई हाइड्रेटेड राख्नुका साथै छालाको सौन्दर्य पनि बढाउँछ । काँक्राका बेफाइदा नै छैनन् भन्दा पनि हुन्छ, यसका फाइदै फाइदा छन् । यसमा भिटामिन सी, पोटासियम, फोलिक एसिड प्रशस्त मात्रामा पाइन्छ । त्यस्तै कार्बोहाइड्रेट, क्याल्सियम, फस्फोरस, फलाम, सल्फरजस्ता बहुपयोगी तत्व समेत काँक्रामा पाइन्छ । पोषक तत्वले भरिपूणर् यस फलमा ९६ प्रतिशतसम्म पानीको मात्रा पाइने गर्छ । एक अध्ययनअनुसार कम फ्याट र क्यालोरीले भरिपूणर् काँक्राले धेरै रोग लाग्नबाट बचाउँछ । काँक्रा खाने सही समय बिहान खाली पेटमा काँक्रा खानु पाचनक्रियाका लागि फाइदाजनक हुन्छ । त्यसपछि बिहानको खानापछि, दिउँसो,…
Read More
No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.