मुख्यमन्त्री बानियाँको तलबबाट मिठुमायाको सपनाको घर
मकवानपुर । चौध वर्षकै उमेरमै उनी विवाह बन्धनमा बाँधिइन् । पन्ध्र वर्षमै आमाको भूमिका सम्हालिन् । र, विगत सात वर्षदेखि श्रीमान् वियोगको पीडा बोकेकी छिन् मकवानपुरको मनहरी गाउँपालिका ६, ज्यामिरेकी मिठु सुनार । आर्थिक पीडासँग जुध्दै कष्टपूर्ण दिन बिताइरहेकी उनको एउटा सपना थियो, सुरक्षित एउटा सानो घरमा बस्ने । उनको यो सपना अहिले पूरा भएको छ । सुरक्षित घरमा बस्ने मात्र होइन की त्यो घरको मालिक समेत उनै मिठु बनेकी छन् । बागमती प्रदेश सरकारका मुख्यमन्त्री इन्द्रबहादुर बानियाँले व्यक्तिगत रुपमा आफूले पाउँने तलब सुविधाबाट मिठुको लागि सपनाको घर बनाइदिएका हुन् । मुख्यमन्त्री बन्दै गर्दा नै निर्णय लिएका थिए–‘राज्यले दिने तलब…
