वनकरियाको फेरिएको जीवनशैली
मकवानपुर । मकवानपुरको मनहरी-४ मुसेधाप, वनकसिया बस्तीमा अठार वर्षदेखि सुकुम्बासीका रूपमा वनकरिया समुदाय बसोबास गर्दै आएका छन् । लोपोन्मुख वनकरियाको आफ्नो नाममा जग्गा छैन । उनीहरु जङ्गलमा फिरन्ते जीवन बिताउँदा कष्ट भएको भन्दै २०६२ सालबाट यहाँको कबुलियती वनमा सरकारले नै बस्न दिएको हो । यही बसोबास गरेकै स्थानमा उनीहरुले सामूहिक लालपुर्जाको माग गर्दै आएका छन् । मुसेधापमा २५ परिवारमा ९३ जना वनकरिया अहिले बसोबास गरिरहेका छन् । नेपालका लोपोन्मुख १० जातिमध्ये वनकरिया एक हो । विसं २०५९ मा लोपोन्मुख आदिवासी जनजातिका रूपमा ‘वनकरिया’ जाति सूचीकृत भएको हो । करिब दुई दशक अघिसम्म वनजङ्गलमा फिरन्ते भएर जीवन गुजार्ने यो जातिका नागरिक…
