भिमाद एफएमको अध्यक्ष बने मिलन
भिमाद । भिमाद र आसपासको क्षेत्रमा सञ्चारको पहुँच पु¥याउन स्थापना गरिएको भिमाद एफएमको नयाँ कार्य समिति चयन गरिएको छ । शनिबार सम्पन्न भएको भिमाद एफएम प्रा.लिको दोस्रो अधिवेशन मार्फत युवा नेता तथा अधिवक्ता मिलन आलेको अध्यक्षतामा नयाँ कार्य समिति चयन भएको हो । समितिको उपाध्यक्षमा ध्रुवराज सुवेदी, सचिवमा सुनिल श्रेष्ठ, सहसचिवमा शालिकराम सुनार, कोषाध्यक्षमा सुजन राना सर्वसम्मत चयन भएका छन् । यस्तै सदस्यहरुमा गोपाल पराजुली, राजेश खनाल, अरविन श्रेष्ठ, गणेशप्रसाद गैरे , सरोज गौतम, बेलमाया आले , शारदा गैरे, शुकुमाया राना चयन भएका छन् । उक्त अधिवेशनलाई सम्वोधन गर्दै एफएमका संस्थापक अध्यक्ष तथा गण्डकी प्रदेशका आर्थिक मामिला मन्त्री जितप्रकाश आलेले…
