१८ औँ गणतन्त्र दिवस मनाइँदै

मकवानपुर । नेपालमा गणतन्त्र अभ्यास भएको आज १८ वर्ष पुगेको छ। १५ जेठ २०६५ मा संविधानसभाको पहिलो बैठकले निरंकुश राजतन्त्रको अन्त्य गरी संघीय लोकतान्त्रिक गणतन्त्र घोषणा गरेको थियो। २४० वर्ष पुरानो राजतन्त्र समाप्त भई नागरिक सर्वोच्चता स्थापित भएको ऐतिहासिक दिनका रूपमा गणतन्त्र दिवस मनाइन्छ।

यस दिनले नेपाली जनतालाई स्वतन्त्रता, सामाजिक न्याय र समावेशी शासन प्राप्त गराएको सम्झना दिलाउँछ। यो दिवस वंशीय सत्तालाई जनताले पराजित गरेको प्रतीक हो। लोकतान्त्रिक गणतन्त्रले शिक्षा, स्वास्थ्य, सार्वजनिक सेवा र गरिबी निवारणमा समान अधिकार सुनिश्चित गरेको छ।

गणतन्त्रले नेपाललाई विश्वमञ्चमा सम्मानजनक बनाउने अवसर दिएको छ। नागरिक अधिकारको संरक्षण र जनभावनाअनुरूप शासन गर्ने व्यवस्था निर्माण यसको मूल उद्देश्य हो। यसलाई केवल राजनीतिक परिवर्तन होइन, जीवनशैलीको परिवर्तनको रूपमा समेत हेरिएको छ।

लोकतान्त्रिक गणतन्त्र विश्वकै उत्तम शासन प्रणाली मानिन्छ। यसले जनजीवनमा सुधार र राष्ट्रिय समृद्धिको बलियो आधार तयार पार्ने विश्वास गरिएको छ। मुलुकभर बिहीबार १८औँ गणतन्त्र दिवस विविध कार्यक्रमसहित उत्साहपूर्वक मनाइँदै छ।

By खुड्किलो

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Related Posts

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.