भार्ताका महिलालाई सिलाईकटाई तालिम

मकवानपुर । मकवानपुरको कैलाश गाउँपालिका वडा नम्बर ८ भार्ताका महिलाहरुलाई एक महिनासम्म सिलाई कटाई तालिम प्रदान गरिएको छ ।

बैशाख १६ गतेबाट सञ्चालित तालिममा वडाका १४ जना महिलाको सहभागिता थियो ।
तालिम मंगलबार समापन भयो । वडा अध्यक्ष आशिष प्रजाको अध्यक्षता तथा गाउँपालिका अध्यक्ष लोकबहादुर मुक्तानको प्रमुख आतिथ्यतामा तालिम समापन गरिएको हो ।

समापनमा पालिका अध्यक्ष मुक्तानले गतवर्षझैँ यसवर्ष पनि सिलाईको तालिम सञ्चालन गरिएको बताए । उनले ज्ञान र सीप प्रयोगमा आएन भने बिर्सिदै जाने भएका कामलाई निरन्तरता दिनेतर्फ समेत ध्यान दिन आग्रह गरेका छन् । कपडा किनेर सिलाउनको लागि मनहरी सम्म जान पर्दैन अबत्र घरमै बसेर आफ्नो सीपलाई प्रयोग गर्न अध्यक्ष मुक्तानले आग्रह गरेका थिए ।

सीप सँगै मेशिन पनि प्राप्त हुन्छ, सीपलाई निखार्दै लैजानुस्, अध्यक्ष मुक्तानले भने । सीपले आर्थिकस्तर वृद्धि हुन्छ, हाम्रो उद्देश्य पनि ग्रामीण क्षेत्रका महिलाहरुको आर्थिक र सामाजिक स्तर बढोस् । सीप सिकेर उद्यमी बनिन्छ, गाउँपालिकाले पनि विभिन्न वडामा आवशयकताको आधारमा तालिम प्रदान गर्दै आइरहेको अवस्थामा सीपलाई प्रयोगमा ल्याएर व्यवहारमा उर्तानुस् उनले भने ।

व्यक्तिगत वा व्यवसायिक रुपमा होस् सीपलाई आयआर्जन सँग जोडर काम गर्न गाउँपालिका उपाध्यक्ष बालकुमार मल्लले जोड दिए । जानेको बुझेको सीपलाई सदुपयोग गर्नुपर्ने र मेशिन खिया नलागोस्, घरमा बसेर काम गर्नुहोस्,उपाध्यक्ष मल्लले भने ।

एक महिने तालिम पश्चात सहभागीहरुलाई तीन दिने उद्यमशीलता तालिम प्रदान गरिएको थियो । गृहिणी महिला सशक्तिकरण कार्यक्रम अन्तरगत गाउँपालिकाको सहकार्यमा समाज सुधार तथा संरक्षण केन्द्रको आयोजनामा तालिम सञ्चालन गरिएको थियो ।

कार्यक्रममा तालिम संयोजक इन्दिरा न्यौपाने, वडा ८का सचिव प्रकाश अर्याल, महिला, बालबालिका तथा जेष्ठ नागरिक शाखा प्रमुख रमिला सापकोटा, सिलाई तालिम प्रशिक्षक शान्ता थिङ, उद्यमशीलता तालिम प्रशिक्षक मनोजकुमार साह लगायतको आतिथ्यता थियो ।

By खुड्किलो

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Related Posts

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.