तामाङ लिपी प्रशिक्षण

मकवानपुर । मकवानपुरको हेटौँडामा तामाङ पत्रकारहरुका लागि ३ दिने तामाङ (तामायिग) लिपी प्रशिक्षण  भएको छ । तामाङ पत्रकार संघ मकवानपुरको आयोजना तथा हेटौंडा उपमहानगरपालिकाको सहयोगमा तालिम संचालन भएको हो ।

तालिममा मेम्बर लो र लिला कुमार घलानले प्रशिक्षण दिदैँछन् ।

तामाङ पत्रकार संघ मकवानपुरका अध्यक्ष जयराम मोक्तानको अध्यक्षता तथा केन्द्रीय सचिव आदर्शसिं थोकरको प्रमुख आतिथ्यतामा भएको कार्यक्रममा नेपाल तामाङ घेदुङ संघ बागमती प्रदेशका अध्यक्ष लिलाकुमार घलान, जिला उपाध्यक्ष आत्मराम मोक्तान, नेपाल पत्रकार महासंघ बागमती प्रदेशका अध्यक्ष कृष्ण सारु मगर, महासंघ मकवानपुर शाखाका अध्यक्ष बालकृष्ण अधिकारी, राक्सिराङ गाउँपालिकाका उपाध्यक्ष वनस्तम थिङ, तामाङ पत्रकार संघ बागमती प्रदेशका अध्यक्ष ज्ञानेन्द्र तामाङ, हेटौंडा उपमहानगरपालिकाका सामाजिक विकास महाशाखाका तुलाराम पाण्डे, आदिवासी जनजाती पत्रकार महासंघ मकवानपुरका अध्यक्ष नवराज वाईबा, तामाङ कलाकार संघ मकवानपुरका अध्यक्ष धिरेन लामा, सचिव विक्रम लुङ्बा र सदस्य साइला लामा लगायतको उपस्थिति रहेको थियो ।

कार्यक्रममा तामाङ पत्रकार संघ मकवानपुरका उपाध्यक्ष सन्देश थिङले स्वागत मन्तव्य राखेका थिए भने सचिव भुवन घलानले सहजीकरण गरेका थिए ।

By खुड्किलो

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Related Posts

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.