दुई युवा मिलेर हेटौँडामा ‘चियालय’

मकवानपुर । मकवानपुरको हेटौँडा उपमहानगरपालिका वडा नम्बर ४, हुप्रचौरमा चियालय सुरुवात गरिएको छ ।
हेटौँडाका दुई युवा मिलेर चियालय हस्पिटालिटी एकेडेमी सञ्चालनमा ल्याइएको हो ।
एघार वर्ष दक्षिण कोरियामा काम गरेर फर्किएका जेके श्रेष्ठ र फिरोज खानको संयुक्त लगानीमा चियालय थालनी भएको हो ।
चियालयको बिहीबार हेटौँडा उपमहानगरपालिकाकी प्रमुख मीना कुमारी लामाले उद्घाटन गरिन् । उनले स्वरोजगार हुन चाहने युवाहरुको साथमा आफू सधैं रहँने बताइन् ।
चियालय हस्पिटालिटी एकेडेमीमार्फत चिया, कफि, खाजाको सेवासँगै कफि बारिष्टा, फुड एण्ड वेभरेजसम्बन्धी तालिम समेत प्रदान गरिने सञ्चालकको भनाई छ ।
एक कठ्ठा जमिन भाडामा लिएर करिब ६० लाख रुपैयाँ लगानीमा चियालय सञ्चालन गरिएको बताइएको छ ।

By खुड्किलो

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Related Posts

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.