प्रविधि

अष्ट्रेलियाका ४० शहरमा प्रदर्शन हुँदै ‘प्रसाद २’

अष्ट्रेलियाका ४० शहरमा प्रदर्शन हुँदै ‘प्रसाद २’

नेपालमा सफल प्रदर्शन भैरहेको फिल्म ‘प्रसाद २’ अष्ट्रेलियामा पनि प्रदर्शन हुने भएको छ। यो फिल्म अष्ट्रेलियामा यही वैशाख २८ गतेबाट प्रदर्शन हुने भएको छ। नमस्ते इन्टरटेनमेन्ट र गोर्खे इन्टरटेनमेन्टले ‘प्रसाद २’को अष्ट्रेलिया प्रदर्शन गर्न लागेका हुन्। यी दुई कम्पनीले यसअघि फिल्म ‘प्रेमगीत ३’पनि अष्ट्रेलियाका विभिन्न शहरमा प्रदर्शन गरेका थिए। ‘प्रसाद २’ले अष्ट्रेलियाका स्थानीय हलहरुमा उच्च शो पाएको बताइएको छ। सुदर्शन थापाले निर्देशन गरेको यो फिल्म अष्ट्रेलियाका ४० भन्दा बढी हलमा रिलिज हुने जनाइएको छ। पहिलो साता शो संख्या १०० पुग्ने वितरकद्वय देव कार्की र रञ्जित वन्तले जानकारी दिए। अष्ट्रेलियाका ठूला मल्टिप्लेक्सहरु इभेन्ट सिनेमा, युनाइटेड सिनेमा, होयट्स सिनेमा लगायतमा ‘प्रसाद २’…
Read More
रियासा र भिक्टोरले गरे विवाह

रियासा र भिक्टोरले गरे विवाह

नेपाली रंगक्षेत्रमा लोकप्रियता कमाएकी हास्य कलाकार तथा मोडेल रियासा दाहाल र सञ्चारकर्मी भिक्टोर पौडेल विवाह बन्धनमा बाधिएका छन् । दाहाल र पौडेलले लामो समयको प्रेमलाई औपचारिकता दिदै बुधबार लगनगाँठो कसेका हुन् । पौडेल रुटिन अफ नेपाल बन्द नामक फेसबुक पेज मार्फतमा सक्रिय रहेका छन् । यता दाहाल भने ‘गाह्रो छ हो’ टेलिसिरियल मार्फत दर्शक माझ लोकप्रिय रहेकी छन् । बाग्लुङका पौडेल र काठमाण्डौँकी दाहालले सामाजिक परम्परा अनुसार काठमाण्डौँ विवाह गरेको हुन् । तनहुँको दुलेगौडा स्थित बालविद्या मन्दिर माविमा अध्ययन गरि उच्च शिक्षाका लागि काठमाण्डौँ पुगेका पौडेल रुटिन अफ नेपाल बन्द सञ्चालन गरेपछि चर्चामा आएका थिए ।
Read More
सरकार र महावीर पुनबीच सातबुँदे सहमति, माइतीघरको आन्दोलन स्थगित

सरकार र महावीर पुनबीच सातबुँदे सहमति, माइतीघरको आन्दोलन स्थगित

१८ वैशाख, काठमाडौं । सरकार र राष्ट्रिय आविष्कार केन्द्रबीच सातबुँदे सहमति भएको छ । उपप्रधानमन्त्री तथा रक्षामन्त्री पूर्णबहादुर खड्का र केन्द्रका अध्यक्ष महावीर पुनबीच भएको वार्तामा अनुसन्धान तथा विकास, नवप्रवर्तन तथा आविस्कारसम्बन्धी कार्यहरु एकीकृत रुपमा सञ्चालन गर्न सरकारले कोष स्थापना गर्नेलगायतका  सहमति भएको छ । Source: Onlinekhabar For Web Design Purpose Only
Read More
No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.