हेटौँडामा लम्पी स्किन संक्रमण

मकवानपुर। मकवानपुरको हेटौँडामा गाईभैंसीमा सर्ने लम्पी स्किन रोगको संक्रमण पुष्टि भएको छ। हेटौंडा उपमहानगरपालिका-१७ की टिकादेवी ढकाल र वडा नम्बर १८ का रामप्रसाद पौडेलका गाईको परीक्षणपछि यो रोग देखिएको हो।

त्रिपुरेश्वरस्थित केन्द्रीय पशुपन्छी रोग अन्वेषण प्रयोगशालामा गरिएको रियल टाइम पीसीआर परीक्षणबाट लम्पी स्किन पोजिटिभ रहेको पुष्टि भएको पशु सेवा कार्यालय मकवानपुरका प्रमुख डा. बज्र किशोर ठाकुरले जानकारी दिए।

संक्रमण खुला सिमाना र नयाँ पशु खरिदबिक्रीका कारण फैलिएको भन्दै जनचेतना, खोप अभियान र बायो सेक्युरिटीमार्फत न्यूनीकरण प्रयास भइरहेको छ। जेठ पहिलो सातादेखि सुरु खोप अभियानअन्तर्गत हेटौंडा, बकैया र मनहरी क्षेत्रमा हालसम्म ३० हजार डोज खोप लगाउने लक्ष्य राखिएको छ।

अघिल्लो वर्ष मकवानपुरगढी गाउँपालिकाबाट फैलिएको यस रोगले लाखौँको क्षति पुर्‍याउनुका साथै १५ वटा गाईवस्तुको मृत्यु भएको थियो। लम्पी स्किन भाइरसका कारण पशुमा ज्वरो, खाना नखाने, दूध घट्ने, शरीरमा गिर्खा आउने, नाकबाट सिँगान बग्ने र अन्ततः मृत्यु हुने जस्ता समस्या देखिन्छन्।

By खुड्किलो

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Related Posts

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.