बैकुण्ठमा सिकाइयो साबुन बनाउन र मौरी पालन गर्न

मकवानपुर । मकवानपुरको कैलाश गाउँपालिकाको वडा नम्बर २ बैकुण्ठमा नयाँ उद्यमी सृजनाका लागि साबुन बनाउने र मौरी पालन तालिम सञ्चालन भएको छ । गाउँपालिकाको आर्थिक सहयोगमा तालिम सञ्चालन भएका हो ।

गरिबी निवारणको लागि लघु उद्यम विकास कार्यक्रम (मेड्पा)अन्तरगत नयाँ सृजना तर्फको उद्यमीहरुको लागि साबुन बनाउने र मौरी पालन तालिम भएको गाउँपालिकाका उद्यम विकास शाखा प्रमुख प्रमिला अर्यालले जानकारी दिइन् । उनले साबुन बनाउने तालिममा २० जना र मौरी पालन तालिममा १० जना गरी तीसज जनाले सीप सिकेको बताईन् ।

वडा नम्बर २ का वडाध्यक्ष राजेन्द्र घिसिङको अध्यक्षतामा तालिम सञ्चालन भएको थियो । सीप सिकेर रोजगारी बन्ने उद्देश्यका साथ साबुन बनाउने र मौरी पालन तालिम प्रदान गरिएको उनले बताए । कैलाश बैकुण्ठमा मौरी पालनको प्रच्युर सम्भावना भएको क्षेत्रको रुपमा रहेकाले यहाँका यूवाहरुलाई उक्त तालिममा सहभागिता जनाई उद्यमतर्फ लाग्न प्रेरित गरेको वडाध्यक्ष घिसिङले बताए ।

उद्यम विकास शाखा प्रमुख प्रमिला अर्याल, वडा सचिव नितेशकुमार यादव, प्रशिक्षकद्धय बिना कुमारी दाहाल र रवीबहादुर अधिकारीलगायतको कार्यक्रममा आतिथ्यता रहेको थियो । सात दिन सम्म सञ्चालित साबुन बनाउने तालिमलाई बिनाकुमारी दाहालले सहजीकरण गरेकी थिईन् भने मौरी पालन तालिमलाई रवीबहादुर अधिकारीले प्रशिक्षण दिएका थिए ।

By खुड्किलो

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Related Posts

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.