कोरियाली श्रमिकका परिवारका लागि वित्तीय साक्षरता

मकवानपुर । मकवानपुरको हेटौँडामा दक्षिण कोरियामा कार्यरत नेपाली श्रमिकका परिवारजनका लागि ूवित्तीय साक्षरता तथा मनोसामाजिक परामर्श कार्यक्रम भएको छ।
रोयल पार्टी प्यालेसमा आयोजित कार्यक्रम अङ्कुर नेपाल हेटौंडा समितिको आयोजना तथा नेपाल सरकारको श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालय, कोरियन इन्टरनेशनल कर्पोरेशन एजेन्सी (कोइका) र के–हामी परियोजनाको सहकार्यमा भएको हो ।
कार्यक्रमका प्रमुख अतिथि बागमती प्रदेशका श्रम, रोजगार तथा यातायात मन्त्री प्रेमभक्त महर्जनले देशमै रोजगारी सिर्जना गर्न प्रदेश सरकारले विभिन्न कार्यक्रम सञ्चालन गरिरहेको बताए । उनले विदेश जाने युवाहरूका लागि सीप विकास तथा फर्केका श्रमिकलाई उद्यमशीलता विकासका लागि ऋणको व्यवस्था गरिएको जानकारी दिए ।
अङ्कुर नेपाल हेटौंडा समितिका अध्यक्ष किशोर कुमार डंगोलको अध्यक्षतामा सञ्चालित कार्यक्रममा के(हामी परियोजनाको प्रशासनिक सहायक सिम्रन शाहले कोरियाली सहयोग र प्रवासी श्रमिकका परिवारलाई लक्षित योजनाहरूको प्रस्तुति दिए ।
अङ्कुर नेपाल केन्द्रीय उपाध्यक्ष बिदुरराज उप्रेतीले कोरियाली श्रमिकहरूको जीवन र चुनौतीबारे चर्चा गर्दै परिवारलाई सकारात्मक ऊर्जाका साथ अघि बढ्न आग्रह गरे ।
कार्यक्रम संयोजक एवम् प्रशिक्षक माधव सापकोटाले ‘घर र परिवारको दायित्व’ विषयमा प्रशिक्षण दिए भने कोरियन रिटर्नी उमेश गौतमले आफ्ना अनुभव सुनाए ।
वित्तीय साक्षरताको विषयमा नेपाल राष्ट्र बैंकबाट मान्यता प्राप्त अन्तर्राष्ट्रिय प्रशिक्षक अनिल श्रेष्ठ सहजीकरण गरेका थिए । उनले विदेशबाट आउने रेमिट्यान्सको व्यवस्थापन, बजेट निर्माण र दीर्घकालीन आर्थिक योजनाबारे जानकारी दिए ।
कार्यक्रममा कोरियन संस्कृति कक्षका विद्यार्थीहरूले कोरियन गीत र नृत्य प्रस्तुत गरेका थिए ।
समापनमा अध्यक्ष डंगोलले कार्यक्रमको सफलताको लागि सबैलाई धन्यवाद दिँदै आगामी दिनमा पनि यस्ता कार्यक्रम निरन्तर सञ्चालन गर्ने प्रतिबद्धता व्यक्त गरे । कार्यक्रममा २०० बढीको सहभागिता थियो ।

By खुड्किलो

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Related Posts

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.