मकवानपुर । मकवानपुरको मकवानपुरगढी गाउँपालिकालाई पूर्ण खोप सुनिश्चिता तथा दिगोपना गाउँपालिका घोषणा गरिएको छ ।
पूर्णखोप गाउँपालिका सुनिश्चित गर्ने राष्ट्रिय पूर्णखोप निर्देशिका बमोजिम यहीँ जेष्ठ २५ गते सम्ममा १६ महिनादेखी २३ महिना सम्मका सबै बालबालिकाहरुलाई १५ महिनाको उमेर भित्र पाउनुपर्ने सबै खोप प्राप्त गरेकाले मंगलबार यस्तो घोषणा गरिएको हो ।
जिल्ला पूर्ण खोप समन्वय समितिको सचिवालयका तर्फबाट जनस्वास्थ्य कार्यालय मकवानपुरका जनस्वास्थ्य अधिकृत लक्ष्मण घिमिरेले ‘पूर्णखोप सुनिश्चिता गाउँपालिकाको प्रमाणपत्र’ प्रदान गरेसँगै पालिकालाई पूर्णखोप सुनिश्चिता गाउँपालिका घोषणा गरिएको हो ।
खोप समन्वय समिति गाउँपालिकाका संयोजक एंव गाउँपालिकाका अध्यक्ष दोर्जे लामा स्याङ्तानको अध्यक्षतामा घोषणा गरिएको हो ।
कार्यक्रममा खोप समन्वय वडा समिति र वडामा रहेका स्वास्थ्य संस्थाहरुलाई प्रमाण पत्र प्रदान गरिएको थियो ।
गाउँपालिका उपाध्यक्ष मानकुमारी पाख्रीन, प्रमुख प्रशासकीय अधिकृत ई.सुधन लामिछाने, २ का वडाध्यक्ष बखानसिं पाख्रीन, ५ का वडाध्यक्ष दिपेश दाहाल, ३ का वडाध्यक्ष भागवत घिमिरे, ४ का वडाध्यक्ष अर्जुन प्रसाद तिमल्सिनालगायतको उपस्थिती थियो ।
