कागज बनाउने र केयर गिभर तालिम समापन

मकवानपुर । मकवानपुरको राक्सिराङ गाउँपालिकामा सञ्चालित दुईवटा तालिम समापन गरिएको छ ।

गाउँपालिकाको ३ नम्बर वडास्थित झिल्केनीमा एक महिनासम्म सञ्चालित नेपाली कागज उत्पादनसम्बन्धी तालिम र पालिकाको ५ ठाडेचुरीमा ३९० घण्टासम्म चलाइएको केयर गिभरसम्बन्धी तालिम मंगलबार समापन गरिएको हो ।

बागमती प्रदेश सरकारकी उद्योग, वाणिज्य, भूमि तथा प्रशासन मन्त्री शुकमाया तामाङको प्रमुख आतिथ्यतामा तालिम समापन गरिएको हो ।
नेपाली कागज उत्पादन तालिम उद्योग तथा वाणिज्य कार्यालय, मकवानपुरको आर्थिक सहयोगमा जिल्ला लघु उद्यम संघ (डिमेगा) मकवानपुरले सञ्चालन गरेको हो भने राक्सिराङ गाउँपालिका र प्रदेश व्यावसायिक शिक्षा तथा तालिम परिषद्को आर्थिक सहयोगमा हाम्रो प्रशिक्षण केन्द्रले ३९० घण्टे केयर गिभर तालिम प्रदान गरेको थियो ।

तालिम समापनमा सहभागीहरुलाई प्रमाणपत्र प्रदान गर्दै मन्त्री तामाङले आफूहरु प्रदेशका युवाहरुलाई स्वरोजगार बनाउने खालका कार्यक्रम सञ्चालनका लागि लागिपरेको बताइन् । युवाहरुलाई स्वदेशमै रोजगारी दिने वातावरणमा आफूहरु प्रतिबद्ध रहेको उनको भनाई छ । आगामी आर्थिक वर्षमा सीमान्त समुदाय लक्षित योजनालाई प्राथमिकता दिएर अघि बढ्ने उनले बताइन् । उनले सिमान्त समुदाय रहेका मकवानपुर, चितवन, सिन्धुली र रामेछाप जिल्लामा बीउपूँजीसहित कार्यक्रम सञ्चालन गर्ने जानकारी दिइन् । समापन कार्यक्रममा संविधानसभा सदस्य गोविन्दराम चेपाङले गाजा खेती रोक्न युवालाई वैकल्पिक रोजगारी दिने कार्यक्रम ल्याउनुपर्ने बताए । राक्सिराङ गाउँपालिकाका उपाध्यक्ष वनस्तम थिङले प्रदेश तथा संघ सरकारले आफूहरुको क्षेत्रको विकासमा प्राथमिकता नदिएको गुनासो गरे ।

उद्योग, वाणीज्य, भूमी तथा प्रशासन मन्त्रालयका निमित्त सचिव महेश पौडेल, उद्योग वाणिज्य कार्यालय मकवानपुरका प्रमुख रामप्रसाद भुषाल, राक्सिराङ गाउँपालिका ३ नम्बर वडाध्यक्ष उत्तम वाइवा,पत्रकार महासंघ बागमती प्रदेश समितिका अध्यक्ष कृष्ण सारु मगर, तालिमका प्रशिक्षार्थीहरु इलिना चेपाङ, थापा बहादुर दोङलगायतले मन्तव्य राखेका थिए ।
डिमेगा मकवानपुरका अध्यक्ष दिपेन्द्र रोक्काको अध्यक्षतामा तालिम समापन भएको हो ।

By खुड्किलो

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Related Posts

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.