बागमतीमा ६७ अर्बको बजेट पारित

मकवानपुर । बागमती प्रदेश सरकारको आर्थिक वर्ष २०८२/८३ का लागि ल्याइएको ६७ अर्ब ५७ करोड ४१ लाख रुपैयाँको बजेट प्रदेश सभाबाट बहुमतको आधारमा पारित भएको छ।

अर्थसम्बन्धी प्रस्ताव कार्यान्वयन गर्न प्रस्तुत विनियोजन विधेयक २०८१ र अन्य विधेयकहरू पनि बहुमतले पारित भएका हुन्। साथै, बजेटसँग सम्बन्धित पुरक प्रस्ताव पनि प्रदेश सभाले स्वीकृत गरेको छ।

यो बजेट असार १ गते आर्थिक मामिला तथा योजना मन्त्री कुन्दनराज काफ्लेले सदनमा प्रस्तुत गरेका थिए। यद्यपि, बजेटमाथिको औपचारिक छलफल असार १२ गतेदेखि सुरु भए पनि विभिन्न दलबीचको विवादका कारण बैठक पटक-पटक स्थगित हुन पुगेको थियो।

बजेटमाथिको छलफलमा सांसदहरूले बजेटका विभिन्न पक्षबारे प्रश्न उठाएका थिए। विपक्षी मात्र होइन, सत्तारुढ दलका सांसदहरूले समेत रोष्टममै उभिएर असन्तुष्टि जनाएका थिए। ती प्रश्नहरूको जवाफ सम्बन्धित मन्त्रीहरूले दिएपछि अन्ततः बजेट बहुमतले पारित भएको हो।

By खुड्किलो

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Related Posts

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.