शंकरज्योतिलाई सहयोग

मकवानपुर । मकवानपुरको हेटौँडा उपमहानगरपालिका वडा नम्बर ११ सिमलटारमा रहेको शंकरज्योति माध्यमिक विद्यालयलाई टोल विकास संस्था नगर समन्वय समिति, हेटौँडा उपमहानगरपालिकाको २५ औं स्थापना दिवस तथा रजत महोत्सव २०८२ का अवसरमा ईलेक्ट्रिक वाटर फिल्टर तथा डिस्पेन्सर सहयोग गरिएको छ।
समितिका अध्यक्ष ध्रुव प्रसाद अधिकारीले विद्यालयका प्रधानाध्यापक महेश रिजाललाई विद्यालय पुगेर सामग्रीहरू हस्तान्तरण गरे ।
अध्यक्ष अधिकारीले टोल विकास संस्था नगर समन्वय समितिले समाज रुपान्तरणका विभिन्न पक्षहरूमा समर्पित भावनाले काम गर्दै आएको बताए । उनले शिक्षण संस्थामा स्वच्छ पिउने पानीको पहुँच हुनु विद्यार्थीहरूको स्वास्थ्य र सिकाइ दुवैका लागि महत्वपूर्ण हुने बताए ।
विद्यालयका प्रधानाध्यापक महेश रिजालले टोल विकास संस्था नगर समन्वय समितिप्रति आभार प्रकट गर्दै स्वस्थकर पानी पिउन पाउनु हरेक विद्यार्थीको आधारभूत आवश्यकता भएको बताए । यस किसिमको सहयोगले विद्यार्थीहरूलाई स्वस्थ राख्न, सिकाइमा प्रेरणा दिन र विद्यालयको वातावरण अझ सकारात्मक बनाउन सघाउने उनले विश्वास व्यक्त गरे ।
विद्यालयका शिक्षक रोशन पराजुली,टोल विकास संस्था नगर समन्वय समितिकी उपाध्यक्ष सती न्यौपाने, उपहासचिव देवकुमार श्रेष्ठ, सचिव चन्द्रावती पनेरू,टोल विकास संस्था वडा समन्वय समिति, हेटौंडा–११ का अध्यक्ष यज्ञबहादुर आचार्य लगायतको उपस्थिति थियो।

By खुड्किलो

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Related Posts

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.