खबर

जलवायु परिवर्तनका सवालबारे हेटौँडामा छलफल

जलवायु परिवर्तनका सवालबारे हेटौँडामा छलफल

मकवानपुर । मकवानपुरको हेटौँडामा जलवायु परिवर्तनसम्बन्धी समस्या र त्यसका समाधानमा समुदायको भूमिकाबारे छलफल गरिएको छ । ‘जलवायु सचेतनाः समस्या र समाधानमा समुदायको भूमिका र हाम्रो प्रयास’ विषयक प्यानल डिस्कसन गरिएको हो । छलफलमा हेटौँडा उपमहानगरपालिकाकी नगर प्रमुख मीना कुमारी लामाले जलवायु संकटको प्रभाव न्यूनीकरणका लागि नीति निर्माण मात्र नभई समुदायस्तरबाट हुने सचेत प्रयासको महत्त्वपूर्ण भूमिका रहेको बताइन् । उनले भनिन्, ‘हामीले वातावरणमैत्री नीतिहरू बनाउँदै आएका छौं, तर स्थानीयस्तरको सहभागिता बिना दीगो परिणाम सम्भव छैन ।’ हेटौँडा उपमहानगरपालिकाका टोल विकास संस्था नगर समन्वय समितिका अध्यक्ष ध्रुव प्रसाद अधिकारीले टोलस्तरमा जनचेतना अभिवृद्धि, प्लाष्टिक न्यूनिकरण, हरियाली प्रवर्द्धन तथा फोहोर व्यवस्थापनमा भइरहेका प्रयासहरूबारे जानकारी…
Read More
भार्ताका महिलालाई सिलाईकटाई तालिम

भार्ताका महिलालाई सिलाईकटाई तालिम

मकवानपुर । मकवानपुरको कैलाश गाउँपालिका वडा नम्बर ८ भार्ताका महिलाहरुलाई एक महिनासम्म सिलाई कटाई तालिम प्रदान गरिएको छ । बैशाख १६ गतेबाट सञ्चालित तालिममा वडाका १४ जना महिलाको सहभागिता थियो । तालिम मंगलबार समापन भयो । वडा अध्यक्ष आशिष प्रजाको अध्यक्षता तथा गाउँपालिका अध्यक्ष लोकबहादुर मुक्तानको प्रमुख आतिथ्यतामा तालिम समापन गरिएको हो । समापनमा पालिका अध्यक्ष मुक्तानले गतवर्षझैँ यसवर्ष पनि सिलाईको तालिम सञ्चालन गरिएको बताए । उनले ज्ञान र सीप प्रयोगमा आएन भने बिर्सिदै जाने भएका कामलाई निरन्तरता दिनेतर्फ समेत ध्यान दिन आग्रह गरेका छन् । कपडा किनेर सिलाउनको लागि मनहरी सम्म जान पर्दैन अबत्र घरमै बसेर आफ्नो सीपलाई प्रयोग…
Read More
‘उद्योग क्षेत्रलाई प्रोत्साहन गर्नुपर्ने’

‘उद्योग क्षेत्रलाई प्रोत्साहन गर्नुपर्ने’

मकवानपुर । बागमती प्रदेशका मुख्यमन्त्री बहादुर सिंह लामा तामाङले उद्योग क्षेत्रलाई प्रोत्साहन गर्नु अहिलेको आवश्यकता भएको बताएका छन्। हेटौँडामा आयोजित उद्योग संघ मकवानपुरको ४६ औँ वार्षिकोत्सवमा उनले निजी क्षेत्रको लगानी सुनिश्चित गर्न सरकार गम्भीर भएको बताए । उनले उद्योगी व्यवसायीहरूलाई एकता कायम गर्न आग्रह गरे। स–साना संगठनमा विभाजित नभई एउटै मोर्चाबाट अघि बढेमा अधिकार र अवसर सजिलै प्राप्त हुने उनको भनाइ थियो। सरकार आम्दानी हुने क्षेत्रमा मात्र लगानी गर्ने नीति लिएको भन्दै उनले धार्मिक संरचनामा भएको अत्यधिक खर्चले अपेक्षित परिणाम नदिएको टिप्पणी गरे। मुख्यमन्त्री लामाले निर्माण भएका शीत भण्डार र डाँडामा ठड्याइएका भ्यु टावरहरू प्रभावहीन बनेको बताए। एकीकृत योजना र…
Read More
मसरुम फार्मको सामरी युनिट शिलान्यास

मसरुम फार्मको सामरी युनिट शिलान्यास

मकवानपुर । मकवानपुरको मकवानपुरगढी गाउँपालिका ५, कालिवनमा ईन्द्रेणी मसरुम फार्म लिमिटेड काठमाडौँको सामरी युनिट शिलान्यास गरिएको छ । बागमती प्रदेश सरकारका कृषि तथा पशुपन्छी विकास मन्त्री प्रकाश श्रेष्ठले च्याउ उत्पादन युनिटको शिलान्यास गरेका हुन् । प्रदेशमा रहेका करिब ६ लाख किसानको सुचिकरण, वर्गीकरण, अभिलेखिकरण अन्तिम चरणमा पुगेको मन्त्री श्रेष्ठले बताए । प्रदेशका ६ वटा स्मार्ट फार्म संचालन गर्न कृषि मन्त्रालयले साझेदारी गर्ने उनले बताए । काठमाडौंको चन्द्रागिरी नगरपालिका १२ बलम्बुमा वि.सं.२०७१ सालमा स्थापित कम्पनीले मकवानपुरको चित्लाङ फार्मपछि दोश्रो सामरी युनिट स्थापना गरेको हो । कम्पनीको ४४ कठ्ठा जमिनमा च्याऊसँगै च्याऊको विऊ र कम्पोष्ट मल उत्पादनसँगै तालिम पनि संचालन गरिने ईन्द्रेणी…
Read More
ज्येष्ठ नागरिकलाई सम्मानसहित एक-एक थान झुल प्रदान

ज्येष्ठ नागरिकलाई सम्मानसहित एक-एक थान झुल प्रदान

मकवानपुर । मकवानपुरको भीमफेदी गाँउपालिका वडानं ६ का ज्येष्ठ नागरिकलाई सम्मानसहित झुल वितरण गरिएको छ । वडामा रहेका निवृत्तिभरण सुविधा नलिएका ७५ वर्ष माथिका ७० जना वृद्दहरुलाइ सम्मानसहित एक-एक थान झुल उपहार प्रदान गरेको हो। वडा कार्यबाहक अध्यक्ष बुद्धिबहादुर लामा ‘कुमार’को अध्यक्षता तथा गाउँपालिका उपाध्यक्ष संजीव श्रेष्ठको प्रमुख आतिथ्यमा एक कार्यक्रमका बीच जेष्ठ नागरिकलाई समान गरेको छ। कार्यक्रममा गाँउ कार्यपालिका सदस्य,निर्वाचित पदाधिकारी, पत्रकारको उपस्थिति थियो ।
Read More
कोरियाली श्रमिकका परिवारका लागि वित्तीय साक्षरता

कोरियाली श्रमिकका परिवारका लागि वित्तीय साक्षरता

मकवानपुर । मकवानपुरको हेटौँडामा दक्षिण कोरियामा कार्यरत नेपाली श्रमिकका परिवारजनका लागि ूवित्तीय साक्षरता तथा मनोसामाजिक परामर्श कार्यक्रम भएको छ। रोयल पार्टी प्यालेसमा आयोजित कार्यक्रम अङ्कुर नेपाल हेटौंडा समितिको आयोजना तथा नेपाल सरकारको श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालय, कोरियन इन्टरनेशनल कर्पोरेशन एजेन्सी (कोइका) र के–हामी परियोजनाको सहकार्यमा भएको हो । कार्यक्रमका प्रमुख अतिथि बागमती प्रदेशका श्रम, रोजगार तथा यातायात मन्त्री प्रेमभक्त महर्जनले देशमै रोजगारी सिर्जना गर्न प्रदेश सरकारले विभिन्न कार्यक्रम सञ्चालन गरिरहेको बताए । उनले विदेश जाने युवाहरूका लागि सीप विकास तथा फर्केका श्रमिकलाई उद्यमशीलता विकासका लागि ऋणको व्यवस्था गरिएको जानकारी दिए । अङ्कुर नेपाल हेटौंडा समितिका अध्यक्ष किशोर कुमार…
Read More
मुख्यमन्त्री हस्तान्तरणको दबाबमा लामा

मुख्यमन्त्री हस्तान्तरणको दबाबमा लामा

मकवानपुर। बागमती प्रदेशका मुख्यमन्त्री बहादुरसिंह लामा पार्टीभित्रैबाट दबाबमा परेका छन्। सत्ता हस्तान्तरणको सहमति अनुसार अब उनले पद छाड्नुपर्ने भन्दै नेताहरूले चासो देखाएका छन्। ८ साउन २०८१ मा एमालेसँगको सहमतिपछि लामा मुख्यमन्त्री बनेका थिए। कांग्रेसका पहिलो मुख्यमन्त्री भएका लामाले सांसद इन्द्रबहादुर बानियाँसँग ९ महिनापछि सरकार सुम्पिने मौखिक सहमति गरेका थिए। बानियाँले उक्त सहमति सभापति शेरबहादुर देउवा र पत्नी आरजुलाई स्मरण गराएका छन्। देउवा निवासमा भएको छलफलमा स्पष्ट निर्णय भने नभएको बताइएको छ। मुख्यमन्त्री लामा नजिकका सांसदले बानियाँले पदका लागि जोड गरिरहेको बताएका छन्। कानुनमन्त्री सुरजचन्द्र लामिछानेले पनि नेतृत्व हस्तान्तरणको चर्चा पार्टीभित्र भएको स्वीकारे। तर संसदीय दलमा छलफल नभएको बताए। बानियाँ अघिल्लो…
Read More
नामटारमा ब्युटिसियन तालिम

नामटारमा ब्युटिसियन तालिम

मकवानपुर । मकवानपुरको कैलाश गाउँपालिका वडा नम्बर ९ नामटारमा सञ्चालन गरिएको ब्युटिसियन तथा मेकअप तालिमबाट स्थानीय १८ जना महिला लाभान्वित भएका छन् । एक महिनासम्म सञ्चालित तालिम बागमती प्रदेश सरकारको सामाजिक विकास मन्त्रालय र गाउँपालिकाको सहयोगमा हिमगंगा ग्रामीण विकास केन्द्रको आयोजनामा तालिम भएको हो । वडा नम्बर ९ का अध्यक्ष भूवन सिं घलानको अध्यक्षता भएको तालिम समापनमा गाउँपालिकाका अध्यक्ष लोकबहादुर मुक्तानको प्रमुख आतिथ्यता थियो । समापन कार्यक्रममा अध्यक्ष मुक्तानले सीप दीगोपनाका लागि टिकाउ र बिकाउ हुनुपर्नेमा जोड दिए । सीप सिकेर उद्यमी बन्नु उनले सुझाव समेत दिए । साथै, पालिकाकैबैकुण्ठमा होमस्टे तालिम पश्चात होमस्टे सञ्चालन सुरु भएको जनाए । आर्थिक…
Read More
छिटै भित्रियो मनसुन

छिटै भित्रियो मनसुन

मकवानपुर । नेपालमा यो वर्षको मनसुन सामान्यभन्दा १५ दिनअघि नै प्रवेश गरेको छ। जल तथा मौसम विज्ञान विभागले बिहीबार रातिबाट पूर्वी नेपाल हुँदै मनसुन प्रवेश गरेको जानकारी दिएको छ। अहिले कोशी प्रदेशभरि मनसुन फैलिइसकेको छ। कोशीका विभिन्न मौसम केन्द्रहरूमा हल्कादेखि मध्यम स्तरको मनसुनी वर्षा भइसकेको छ। विभागका महानिर्देशक कमलराम जोशीका अनुसार नेपालमा मनसुन भित्रिने औसत मिति जुन १३ हो। तर यसपटक मे २९ मै मनसुन सुरु भइसकेको छ। हाल देशका अन्य भागहरूमा भने अझै मनसुन फैलिन बाँकी छ। पश्चिमी वायु र स्थानीय वायुले ती क्षेत्रमा प्रभाव जमाइरहेको छ। मौसम पूर्वानुमान महाशाखाले अहिलेको अवस्था निरन्तर नियालिरहेको छ। मौसमसम्बन्धी सूचना पनि नियमित अद्यावधिक…
Read More
नयाँ बजेटमा आशा र सुधारको सन्देश

नयाँ बजेटमा आशा र सुधारको सन्देश

मकवानपुर। सरकारले आर्थिक वर्ष २०८२/८३ का लागि बजेट संसद्मा प्रस्तुत गरेको छ। अर्थतन्त्र सुधारको क्रममा रहे पनि पूर्ण रुपमा स्थायित्व नआएको जनाइएको छ। बजेटले सुधार, आत्मनिर्भरता र समावेशीतामा जोड दिएको छ। प्रदेश र स्थानीय तहमा वित्तीय हस्तान्तरणको रकम वृद्धि गरिएको छ। आर्थिक वृद्धिको लक्ष्य ६ प्रतिशत तोकिएको छ। मूल्यवृद्धि ५.५ प्रतिशतभित्र राख्ने प्रयास छ। चामलमा दुई वर्षभित्र आत्मनिर्भर हुने योजना छ। सरकारी कर्मचारीलाई मासिक ५ हजार महँगी भत्ता दिइनेछ। वृद्धभत्ताको उमेरसीमा ७० वर्ष कायम गरिएको छ। किसानका लागि समर्थन मूल्य १५ दिन अघिनै तोकिनेछ। माछाका भुरा र फलफूलका बेर्ना वितरण गरिनेछ। ५ लाख परिवारलाई जग्गाधनी प्रमाणपूर्जा दिइनेछ। बाँझो भूमि उपयोगका…
Read More
No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.