कार्यालय सहयोगी आवश्यक

मकवानपुर । मकवानपुरको हेटौँडा-११, स्थित त्रिभुवन माध्यमिक विद्यालयले कार्यालय सहयोगी पदका लागि एक जना कर्मचारी आवश्यक भएको जनाउँदै दरखास्त आह्वान गरेको छ।

विद्यालय व्यवस्थापन समितिको स्वीकृति अनुसार सूचना प्रकाशित गरिएको हो। विद्यालयले २०८१ साल जेठ ८ गते सूचना प्रकाशित गर्दै इच्छुक र योग्य नेपाली नागरिकहरूबाट आवश्यक कागजातसहित आवेदन दिन आग्रह गरेको छ। पद स्थायी नभई करार सेवा अन्तर्गत रहने उल्लेख गरिएको छ।

उम्मेदवार १८ वर्ष पूरा भई ४० वर्ष ननाघेको हुनुपर्नेछ। नेपाल सरकारले मान्यता दिएको संस्था वा विद्यालयबाट कम्तीमा कक्षा ८उत्तीर्ण गरेको शैक्षिक योग्यता अनिवार्य गरिएको छ। सम्बन्धित क्षेत्रमा अनुभव भएकालाई विशेष प्राथमिकता दिइने बताइएको छ।

दरखास्तका साथ आवेदकले नागरिकताको प्रमाणपत्र, शैक्षिक प्रमाणपत्र, सेवा अनुभव प्रमाणपत्र, र विद्यालयका आवश्यकतासँग मेल खाने प्रमाणहरु पेश गर्नुपर्नेछ। निवेदन दस्तुरका रूपमा रु. ५०० विद्यालयमा बुझाउनुपर्नेछ।

परीक्षा विधि अन्तर्गत लिखित र अन्तरवार्ता दुबै हुने जनाइएको छ। सूचना प्रकाशित मितिले १५ दिनभित्र आवेदन दिन सकिनेछ। परीक्षा मिति तथा अन्य जानकारी पछि विद्यालयले सार्वजनिक गर्नेछ।

 

By खुड्किलो

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Related Posts

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.