हेटौंडामा पिकअपको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु

हेटौंडा । मकवानपुरको हेटौंडा उपमहानगरपालिका–१ सामरीस्थित हेटौंडा–भैंसे सडकखण्डमा पिकअप गाडीको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु भएको छ ।

सोमबार दिउँसो करिब ४ बजेर ५० मिनेटको समयमा हेटौंडाबाट भैंसेतर्फ जाँदै गरेको खुर्सानी बोकेको बा प्र ०१–०३२ च ०१४१ नम्बरको पिकअप गाडी र विपरीत दिशाबाट आउँदै गरेको बा ४७ प ८४६१ नम्बरको मोटरसाइकल एकआपसमा ठोक्किएका थिए।

दुर्घटनामा मोटरसाइकल चालक गम्भीर घाइते भएका थिए। उनलाई उपचारका लागि हेटौंडा अस्पताल लगिएकोमा चिकित्सकले साँझ ५ बजेर १० मिनेटमा मृत घोषणा गरेका थिए।

मृत्यु हुनेमा हेटौंडा उपमहानगरपालिका–१० बुद्धचोक निवासी करिब ४२ वर्षीय विनोद लामा रहेको प्रहरीले जनाएको छ।

दुर्घटनामा संलग्न दुवै सवारीसाधन र पिकअप चालकलाई जिल्ला प्रहरी कार्यालय मकवानपुरले नियन्त्रणमा लिएको छ। मृतकको शव हेटौंडा अस्पतालमै रहेको प्रहरीले जनाएको छ।

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.