दसैँको रौनकसँगै मकवानपुरका किसानलाई धान भित्र्याउने चटारो

मकवानपुर । बडादसैँको रौनक छाइरहँदा मकवानपुरका किसानहरूलाई भने पाकेको धान काटेर घरमा भित्र्याउन भ्याइनभ्याइ भएको छ। चाडपर्वको तयारी र वर्षभरि खाने अन्न सुरक्षित गर्ने काम एकैपटक परेपछि किसानहरू खेतदेखि खल्यानसम्म व्यस्त बनेका हुन्।

गत असारमा रोपिएको धान पाकेर पहेँलै भएपछि मकवानपुरका विभिन्न क्षेत्रका किसानहरू बाली काट्ने, दाइँ हाल्ने र धान भित्र्याउने काममा जुटेका छन्। दसैँको मुखैमा खेतीपातीको काम परेकाले किसानलाई चाडपर्व मनाउने र बाली सुरक्षित गर्ने दोहोरो चटारो परेको छ।

मकवानपुरगढी गाउँपालिका–५ का किसान दिनेश फुयालका अनुसार दसैँको तयारीसँगै खेतीपातीको काम पनि समयमै सक्नुपर्ने बाध्यता छ। वर्षभरि परिवारलाई पुग्ने मुख्य अन्न भएकाले पाकेको धान समयमै भित्र्याउनुपर्ने दायित्व किसानमा रहेको उहाँ बताउनुहुन्छ।

यसका साथै, मौसममा आउन सक्ने सम्भावित परिवर्तन र पानी पर्ने जोखिमका कारण पनि किसानहरूलाई छिटोभन्दा छिटो धान काटेर सुरक्षित ठाउँमा पुर्‍याउने दबाब परेको छ।

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.