सहकारीमा बजार प्रतिनिधी बन्ने अवसर

मकवानपुर । मकवानपुर हेटौँडा बजारको परिचय बचत तथा ऋण सहकारी संस्था लिमिटेड, का लागि बजार प्रतिनिधि आवश्यक परेको छ ।
सहकारीले कर्मचारी आवश्यकता भएको भन्दै दरखास्त आह्वान गरेको हो। इच्छुक नेपाली नागरिकहरुले २०८१ साल जेठ २७ गते भित्र आवश्यक कागजातसहित कार्यालयमा आवेदन दिन सकिनेछ।

संस्थाले सार्वजनिक गरेको सूचना अनुसार, बजार प्रतिनिधिका लागि न्यूनतम शैक्षिक योग्यता एसएलसी /एसइई उत्तीर्ण हुनु पर्नेछ। साथै, नेपाली नागरिकताको प्रतिलिपि, शैक्षिक प्रमाणपत्रको प्रतिलिपि, चालु चरित्र प्रमाणपत्रको प्रतिलिपि, आफैले लेखेको हस्तलिखित निवेदन, हालसालै खिचिएको पासपोर्ट साइज फोटो २ प्रति, र सवारी चालक अनुमतिपत्र प्राप्त गरेका व्यक्तिलाई प्राथमिकता दिइने सूचनामा उल्लेख छ।

तलब सुविधा संस्थाको नियमानुसार हुनेछ। आवेदन दिने अन्तिम मिति २०८१ साल जेठ २७ गते कार्यालय समयसम्म मात्र तोकिएको छ।
थप जानकारीको लागि परोपकारी उद्देश्यले स्थापना गरिएको यो संस्थाको सम्पर्क नम्बर ०५७–५२१९५५ वा ०५७–५२२२२५ मा सम्पर्क गर्न सकिने जनाइएको छ।

By खुड्किलो

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Related Posts

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.