मकवानपुर । मकवानपुरको मकवानपुरगढी गाउँपालिका वडा नम्बर ६, आमभञ्ज्याङस्थित जनक माविका लागि एक जना विज्ञान शिक्षक खाँचो परेको छ ।
विद्यालयले २०८२ असार ६ गते सार्वजनिक सूचना प्रकाशित गरी प्राथमिक तह अन्तर्गत विज्ञान विषयका लागि आवश्यक शिक्षक पदपूर्तिको आह्वान गरेको हो।
दरखास्त दिने अन्तिम म्याद सूचना प्रकाशित भएको मितिबाट १५ दिनभित्र तोकिएको छ।
उम्मेदवारले विज्ञान विषयमा शिक्षाशास्त्रसहितको स्नातक तह उत्तीर्ण गरेको हुनुपर्नेछ। साथै, कम्तीमा दुई वर्षको शिक्षण अनुभव तथा स्थानीय समुदायमा कार्य गर्ने क्षमता आवश्यक शर्तहरूमा पर्छ।
शैक्षिक योग्यता, तालिम, अनुभव र प्राथमिकता अनुसार मूल्याङ्कन गरिनेछ। चयन प्रक्रिया अन्तरगत लिखित परीक्षा, मौखिक परीक्षा र प्रस्तुति पनि समावेश गरिनेछ। लिखित परीक्षा यहि २०८२/०३/२१ गते बिहान ८ बजे हुने जनाइएको छ।
इच्छुक उम्मेदवारले नागरिकता प्रमाणपत्र, शैक्षिक प्रमाणपत्र, तालिम प्रमाणपत्र र अनुभव प्रमाणित कागजात सहित तोकिएको फारम भरेर कार्यालयमा बुझाउनु पर्नेछ।
इच्छुक तथा योग्यता पुगेका उम्मेदवारहरूलाई यस अवसरको उपयोग गर्न विद्यालयले भनेको छ । यसका लागि थप जानकारी आवश्यक परेमा विद्यालयका प्रधानाध्यापकको सम्पर्क नं. ९८४५५९९८७७ र व्यवस्थापन समितिका अध्यक्ष्को सम्पर्क नम्बर ९८६५४२३१९९ मा सम्पर्क गर्न सकिने छ ।
शिक्षक सेवा आयोगबाट लिएको परीक्षाको करार सूचीमा सूचीकृतको हकमा योग्यताक्रमको आधारमा विज्ञापन भएको मितिले सात दिन सम्ममा मात्र नियुक्त गरिने सूचनामा उल्लेख छ ।
