मकवानपुर । मकवानपुरको हेटौँडामा रहेको आधुनिक राष्ट्रिय माविले विभिन्न शैक्षिक तह र विषयका लागि करार सेवामा शिक्षक आवश्यकता रहेको सूचना प्रकाशित गरेको छ।
विद्यालय व्यवस्थापन समितिको निर्णय अनुसार सार्वजनिक गरिएको सूचनामा चार जना शिक्षकको माग गरिएको हो।
सूचना अनुसार कक्षा ९–१० मा विज्ञान विषयका लागि एक जना शिक्षक, कक्षा ११–१२ विज्ञान संकायको भौतिकशास्त्र विषयका लागि एक जना, कक्षा आधारभूत तह (कक्षा १–८) को गणित विषयका लागि दुई जना शिक्षक आवश्यक रहेको जनाइएको छ।
इच्छुक नेपाली नागरिकहरुले निवेदन दिन सक्ने सूचनामा उल्लेख गरिएको छ। दरखास्त दिने अन्तिम मिति २०८२/०४/१३ गते गते दिउँसो ५ः०० बजेसम्म रहेको छ भने आवेदन फारम शुल्क समेत तिर्नुपर्नेछ। आवश्यक कागजात, नागरिकता प्रमाणपत्र, शैक्षिक प्रमाणपत्र र दरखास्त शुल्क सहित विद्यालयमा सम्पर्क गर्न सूचित गरिएको छ।
विद्यालयले दरखास्तको आधारमा शैक्षिक योग्यताको मूल्यांकन गरी अस्थायी शिक्षकको छनोट गर्ने जनाइएको छ। थप जानकारीका लागि विद्यालयको सम्पर्क नम्बर ०५७-५२०७६६ वा ९८४५०६०९३३ मा सम्पर्क गर्न सकिने जनाइएको छ।
