सामान्य प्रशासन मन्त्रीमा भगवती नियुक्त

मकवानपुर । संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रीमा राष्ट्रिय सभा सदस्य भगवती न्यौपाने नियुक्त भएकी छन् ।
राष्ट्रपति रामचन्द्र पौडेलले प्रधानमन्त्री केपी शर्मा ओलीको सिफारिसमा मंगलबार न्यौपानेलाई मन्त्री पदमा नियुक्त गरेका हुन् । उनी नेकपा एमालेका तर्फबाट राष्ट्रिय सभा सदस्य हुन् ।

घुस डिल प्रकरणमा मुछिएपछि राजकुमार गुप्ताले मन्त्री पदबाट राजीनामा दिएका थिए । न्यौपाने २०७६ सालमा गण्डकी प्रदेशबाट राष्ट्रिय सभा सदस्यमा निर्वाचित भएकी हुन् । राष्ट्रिय सभा सदस्यको रूपमा उनको कार्यकाल आगामी २० फागुनसम्म छ ।

तनुहँ घर भएकी न्यौपानेले ०५१ सालमा पहिलोपल्ट एमालेको पार्टी सदस्यता लिएकी थिइन् । उनी अनेरास्ववियु, अनेम संघ हुँदै पार्टीको केन्द्रीय सदस्य बनेकी हुन् ।

०७४ को निर्वाचनमा भानु नगरपालिकाको मेयरमा उठेर पराजित भएकी थिइन् ।
नेपालको संविधानको धारा ७६ को उपधारा ९ बमोजिम प्रधानमन्त्रीको सिफारिसमा न्यौपानेलाई संघीय मामिला तथा सामान्य प्रशासनमन्त्री नियुक्त गरिएको राष्ट्रपति कार्यालयले जनाएको छ ।

By खुड्किलो

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Related Posts

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.