नेपाली शिक्षक चाहियो

मकवानपुर । मकवानपुरको मनहरीमा अवस्थित युनिभर्सल लर्निङ एकेडेमीले नेपाली विषयका लागि दुई शिक्षकको माग गर्दै नयाँ सूचना प्रकाशन गरेको छ।
शिक्षक पदपूर्तिको लागि एकेडेमीले प्राथमिक तह र माध्यमिक तहका लागि एक/एक जना गरी दुई शिक्षक आवश्यक रहेको जनाएको छ। इच्छुक उम्मेदवारहरूले २०८२ साल साउन ३ गतेभित्र विद्यालयमा आवेदन दिन सक्नेछन् ।
प्राथमिक तहको लागि नेपाली विषयमा कक्षा १२ उत्तीर्ण गरेका उम्मेदवार र माध्यमिक तहको लागि स्नातक तह उत्तीर्ण गरेका उम्मेदवार योग्य हुनेछन्।
निवेदनसहित नागरिकता प्रमाणपत्र, शैक्षिक योग्यताको प्रतिलिपि तथा हस्त लिखित निवेदन अनिवार्य गरिएको छ। छनोट प्रक्रिया अन्तर्गत कक्षा अवलोकन, लिखित परीक्षा र अन्तरवार्ता हुनेछ।
उम्मेदवारहरूले निवेदन विद्यालयको लेखारप्रशासन शाखामा बुझाउन सक्नेछन् वा विद्यालयको इमेल:ulacademymanahari@gmail.com मा पठाउन सकिने विद्यालयको एचआर युनिटले जनाएको छ ।

By खुड्किलो

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Related Posts

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.