साइराम सहकारीमा कामको अवसर

मकवानपुर । एकाविहानै मकवानपुरको हेटौँडाको संगमचोकस्थित देवीपथरोडमा चहलपहल देखिन्थ्यो। स्थानीय सहकारी संस्था ‘साइराम बचत तथा ऋण सहकारी संस्था लिमिटेड’ को सूचना पाटीमा टाँसिएको एक नयाँ सूचना हेर्दै मानिसहरूको भीड लागेको थियो। युवाहरूको आँखामा उत्साह देखिन्थ्यो, कारण थियो- रोजगारीको नयाँ अवसर।
संस्थाले चौथो तह अन्तर्गत कार्यालय सहायक पदका लागि कर्मचारी माग गर्दै दरखास्त आह्वान गरेको छ। सो पदका लागि व्यवस्थापन, विज्ञान, अर्थशास्त्र, गणित वा कम्प्युटर विषयमा उच्च माध्यमिक तह उत्तीर्ण गरेको हुनुपर्नेछ। अन्य कुनै पनि संकायमा प्रथम श्रेणी वा ‘क’ श्रेणीमा उतीर्ण व्यक्तिले समेत आवेदन दिन सक्ने व्यवस्था गरिएको छ।

उमेर हद १८ वर्ष पूरा भई ३५ वर्ष ननाघेको हुनुपर्नेछ। तलब र सुविधा पनि आकर्षक छन्। प्रारम्भिक तलब २१ हजार दुई सय ७५ रुपैयाँ निर्धारण गरिएको छ। त्यसमाथि हजार रुपैयाँदेखि पाँच हजार पाँच सय रुपैयाँसम्म भत्ता पाउँने बताइएको छ । परिक्षण अवधिमा दशैँ भत्ता नपाइने भए तापनि छ महिना काम गरेपछि नियमित सेवामा स्थायी भई सबै सुविधा प्राप्त हुने व्यवस्था गरिएको छ। एक महिनाको तलब बराबरको उपचार खर्च सुविधा, दशौँ भत्ता, र नियमअनुसार बोनस पनि प्रदान गरिनेछ।

आवेदकले कम्प्युटर विषयमा डिप्लोमा गरेको हुनुका साथै शब्द संसाधन, गणनापत्र र प्रस्तुति तालिका निर्माण गर्ने क्षमतामा दक्ष हुनुपर्नेछ। आवेदन दिने व्यक्तिले शैक्षिक प्रमाणपत्र, चरित्र प्रमाणपत्र, नागरिकताको प्रतिलिपि र तालिम प्रमाणपत्र संलग्न गर्नुपर्नेछ।

परिक्षण काल एक वर्षको हुनेछ। लिखित, मौखिक र प्रयोगात्मक परीक्षा क्रमशः साउन २३, २४ र २५ गते हुनेछन्। नतिजा प्रकाशन, अन्तिम सम्पर्क, प्रारम्भिक तालिम र तलब उपस्थितिका मितिहरू पनि स्पष्ट रूपमा तोकिएका छन्।

संस्थाले दरखास्त बुझाउने अन्तिम मिति साउन १३ गते तोकेको छ। परीक्षा दस्तुर सात सय रुपैयाँ रहेको छ।
यस अवसरलाई युवाहरूले अवसरको रुपमा लिएका छन्। बेरोजगारीको चपेटामा परेका युवाहरूका लागि यो सूचना नयाँ आशाको किरण बन्न पुगेको छ।

By खुड्किलो

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Related Posts

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.