मनहरीमा बाली बिमा सुरु

मकवानपुर । मकवानपुरको मनहरी गाउँपालिकाले किसानको बाली बिमा गर्न सुरुवात गरेको छ । बुधबार मनहरी ७ नम्बर वडाबाट बाली बिमा कार्यक्रम सुरु गरिएको हो ।
मनहरी गाउँपालिकाका अध्यक्ष रन्जन कालाखेती, उपाध्यक्ष सीता पुलामी मगरलगायतको उपस्थितिमा बुधबार मनहरी७ का सेतेलाल जिम्बाको १९ कठ्ठा खेतमा लगाइएको धानबालीको बिमा गरी कार्यक्रम सुरु गरिएको हो । अहिले धानबालीको सिजन भएकाले धानबालीको बिमा गर्न सुरु गरिएको र सिजनअनुसारका सबै अन्नबाली र तरकारी बालीसमेतको बिमा गरिने गाउँपालिकाका अध्यक्ष रन्जन कालाखेतीले जानकारी दिए ।
अन्नबालीमा किरा तथा अन्य रोगको प्रकोपलगायतका कारण अन्न उत्पादन नहुने कारण किसान मर्कामा परिरहेकाले अन्न उत्पादन नभएका कारण किसानलाई हुने हानी नोक्सानीको क्षतिपूर्ति भराउने उद्धेश्यले गाउँपालिकाले यश वर्षबाट बाली बिमा कार्यक्रम सुरु गरेको गाउँपालिका अध्यक्ष कालाखेतीले जानकारी दिए ।
बाली बिमाका लागि गाउँपालिकाले शिखर ईन्स्यारेन्ससँग सम्झौता गरि कार्य थालनी गरिएको हो । धानबाली बिमा गर्न इच्छुक किसानलाई निवेदन दिन गाउँपालिकाले एक हप्ताअघि नै सूचना जारी गरेको थियो । सबै वडा कार्यालयहरुमार्फत बाली बिमा गरिने गाउँपालिकाले जनाएको छ । बाली बिमा गर्दा कुल बिमाङ्क रकमको ८० प्रतिशत रकम गाउँपालिकामार्फत संघीय सरकारले अनुदान दिने व्यवस्था छ भने २० प्रतिशत रकम किसान आफैँले बेहोर्नुपर्नेछ । बाली बिमाको २० प्रतिशत बिमाङ्क रकमसमेत तिर्न नसक्ने विपन्न किसानको बिमाङ्क भुक्तानी गाउँपालिकाले गरिदिने गरी बजेट छुट्याइएको अध्यक्ष कालाखेतीले बताए ।
बाली बिमा सुरु भएसँगै अब अन्नबालीमा रोग किराको प्रकोप साथै वन्यजन्तुबाट गर्ने क्षतिबापत किसानले क्षतिपूर्ति पाउने भएकाले किसानले राहत अनुभूति गर्ने गाउँपालिका उपाध्यक्ष सीता पुलामीले विश्वास व्यक्त गरिन् । आगामी दिनमा अन्य अन्नबाली र तरकारी बिमाको कार्यक्रमलाई पनि अघि बढाइने उनले बताइन् ।

By खुड्किलो

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Related Posts

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.