खबर

कागज बनाउने र केयर गिभर तालिम समापन

कागज बनाउने र केयर गिभर तालिम समापन

मकवानपुर । मकवानपुरको राक्सिराङ गाउँपालिकामा सञ्चालित दुईवटा तालिम समापन गरिएको छ । गाउँपालिकाको ३ नम्बर वडास्थित झिल्केनीमा एक महिनासम्म सञ्चालित नेपाली कागज उत्पादनसम्बन्धी तालिम र पालिकाको ५ ठाडेचुरीमा ३९० घण्टासम्म चलाइएको केयर गिभरसम्बन्धी तालिम मंगलबार समापन गरिएको हो । बागमती प्रदेश सरकारकी उद्योग, वाणिज्य, भूमि तथा प्रशासन मन्त्री शुकमाया तामाङको प्रमुख आतिथ्यतामा तालिम समापन गरिएको हो । नेपाली कागज उत्पादन तालिम उद्योग तथा वाणिज्य कार्यालय, मकवानपुरको आर्थिक सहयोगमा जिल्ला लघु उद्यम संघ (डिमेगा) मकवानपुरले सञ्चालन गरेको हो भने राक्सिराङ गाउँपालिका र प्रदेश व्यावसायिक शिक्षा तथा तालिम परिषद्को आर्थिक सहयोगमा हाम्रो प्रशिक्षण केन्द्रले ३९० घण्टे केयर गिभर तालिम प्रदान गरेको थियो…
Read More
मकवानपुरगढी पूर्ण खोप सुनिश्चिता भएको पालिका

मकवानपुरगढी पूर्ण खोप सुनिश्चिता भएको पालिका

मकवानपुर । मकवानपुरको मकवानपुरगढी गाउँपालिकालाई पूर्ण खोप सुनिश्चिता तथा दिगोपना गाउँपालिका घोषणा गरिएको छ । पूर्णखोप गाउँपालिका सुनिश्चित गर्ने राष्ट्रिय पूर्णखोप निर्देशिका बमोजिम यहीँ जेष्ठ २५ गते सम्ममा १६ महिनादेखी २३ महिना सम्मका सबै बालबालिकाहरुलाई १५ महिनाको उमेर भित्र पाउनुपर्ने सबै खोप प्राप्त गरेकाले मंगलबार यस्तो घोषणा गरिएको हो । जिल्ला पूर्ण खोप समन्वय समितिको सचिवालयका तर्फबाट जनस्वास्थ्य कार्यालय मकवानपुरका जनस्वास्थ्य अधिकृत लक्ष्मण घिमिरेले ‘पूर्णखोप सुनिश्चिता गाउँपालिकाको प्रमाणपत्र’ प्रदान गरेसँगै पालिकालाई पूर्णखोप सुनिश्चिता गाउँपालिका घोषणा गरिएको हो । खोप समन्वय समिति गाउँपालिकाका संयोजक एंव गाउँपालिकाका अध्यक्ष दोर्जे लामा स्याङ्तानको अध्यक्षतामा घोषणा गरिएको हो । कार्यक्रममा खोप समन्वय वडा समिति र…
Read More
कैलाश गाउँपालिका पूर्ण खोप सुनिश्चित

कैलाश गाउँपालिका पूर्ण खोप सुनिश्चित

मकवानपुर । मकवानपुरको कैलाश गाउँपालिकालाई पूर्ण खोप सुनिश्चित तथा दिगोपना गाउँपालिका घोषणा गरिएको छ । बागमती प्रदेश सभा सदस्य इन्द्रबहादुर बानियाँले शुक्रबार एक समारोहबीच पालिकालाई यस्तो घोषणा गरेका हुन् । यससँगै कैलाश गाउँपालिका संस्थागत गर्भजाँचसमेत सुनिश्चित गर्न सफल भएको छ। राष्ट्रिय पूर्ण खोप निर्देशिकाको मापदण्डअनुसार, १६ महिनादेखि २३ महिनासम्मका बालबालिकालाई १५ महिनाभित्र सबै आवश्यक खोप उपलब्ध गराउनुपर्छ। सो मापदण्ड सफलतापूर्वक पूरा भएपछि पालिकालाई घोषणा गरिएको पालिकाका अध्यक्ष लोकबहादुर मुक्तानले जानकारी दिए । घोषणासँगै खोप अभियानमा योगदान दिने विभिन्न व्यक्ति र संस्थालाई सम्मान गरिएको छ। ४२ जना स्वास्थ्यकर्मीलाई प्रशंसापत्र प्रदान गरिएको छ। साथै, पालिकाका १० वटै वडाका स्वास्थ्य चौकी तथा ७…
Read More
बागमती प्रदेशको ६७ अर्बको बजेटः पूर्वाधारदेखि कृषि, स्वास्थ्य र खेलकुदलाई प्राथमिकता

बागमती प्रदेशको ६७ अर्बको बजेटः पूर्वाधारदेखि कृषि, स्वास्थ्य र खेलकुदलाई प्राथमिकता

मकवानपुर । बागमती प्रदेश सरकारले आगामी आर्थिक वर्ष २०८२/०८३ का लागि ६७ अर्ब ४७ करोड रुपैयाँभन्दा बढीको बजेट प्रस्तुत गरेको छ। आर्थिक मामिला तथा योजना मन्त्री कुन्दनराज काफ्लेले आइतबार राति प्रदेशसभामा बजेट प्रस्तुत गरे। बजेटमध्ये चालू खर्चका लागि २६ अर्ब ४ करोड रुपैयाँ र पुँजीगत खर्चतर्फ ४१ अर्ब ४३ करोड रुपैयाँ विनियोजन गरिएको छ। यस अनुसार कुल बजेटको करिब ३८.६ प्रतिशत चालूतर्फ र ६१.४ प्रतिशत पुँजीगततर्फ खर्च हुनेछ। राजस्व संकलनका लागि प्रदेशले आन्तरिक करमार्फत २८ अर्ब ८७ करोड रुपैयाँ संकलन गर्ने लक्ष्य लिएको छ। अन्य राजस्व स्रोतबाट ६ अर्ब ७९ करोड रुपैयाँ आम्दानी हुने अनुमान गरिएको छ। संघीय सरकारबाट वित्तीय…
Read More
दुई युवा मिलेर हेटौँडामा ‘चियालय’

दुई युवा मिलेर हेटौँडामा ‘चियालय’

मकवानपुर । मकवानपुरको हेटौँडा उपमहानगरपालिका वडा नम्बर ४, हुप्रचौरमा चियालय सुरुवात गरिएको छ । हेटौँडाका दुई युवा मिलेर चियालय हस्पिटालिटी एकेडेमी सञ्चालनमा ल्याइएको हो । एघार वर्ष दक्षिण कोरियामा काम गरेर फर्किएका जेके श्रेष्ठ र फिरोज खानको संयुक्त लगानीमा चियालय थालनी भएको हो । चियालयको बिहीबार हेटौँडा उपमहानगरपालिकाकी प्रमुख मीना कुमारी लामाले उद्घाटन गरिन् । उनले स्वरोजगार हुन चाहने युवाहरुको साथमा आफू सधैं रहँने बताइन् । चियालय हस्पिटालिटी एकेडेमीमार्फत चिया, कफि, खाजाको सेवासँगै कफि बारिष्टा, फुड एण्ड वेभरेजसम्बन्धी तालिम समेत प्रदान गरिने सञ्चालकको भनाई छ । एक कठ्ठा जमिन भाडामा लिएर करिब ६० लाख रुपैयाँ लगानीमा चियालय सञ्चालन गरिएको बताइएको…
Read More
गर्मीका कारण मनहरीमा बिहान पढाइ

गर्मीका कारण मनहरीमा बिहान पढाइ

मकवानपुर । मकवानपुरको मनहरी गाउँपालिकामा बढ्दो गर्मीका कारण सबै विद्यालयमा विहानी कक्षा सञ्चालन हुने भएको छ। समुदायिक तथा निजी विद्यालयहरुले बिहानको समयमा मात्र पढाइ गर्नुपर्ने निर्णय पालिकाले गरेको हो। सो निर्णयलाई कार्यान्वयन गर्न विद्यालय व्यवस्थापन समिति र वडा कार्यालयसँग समन्वय गरिएको छ। वर्तमान गर्मीको असरले विद्यार्थीको स्वास्थ्यमा प्रतिकूल प्रभाव पार्न थालेपछि यस्तो निर्णय लिइएको जनाइएको छ। तापक्रम उच्च हुँदै गएपछि बालबालिकालाई पढ्न र कक्षामा बस्न मुस्किल भइरहेको छ। गर्मीका कारण टाउको दुख्ने, वान्ता हुनेजस्ता लक्षण देखिन थालेका छन्। यसलाई ध्यानमा राख्दै अधिकतम १० दिनका लागि विहानी कक्षा सञ्चालन गरिने भएको हो। मौसम अनुकूल भएमा पुनः सामान्य तालिकामा कक्षा सञ्चालन गरिनेछ।
Read More
तामाङ लिपी प्रशिक्षण

तामाङ लिपी प्रशिक्षण

मकवानपुर । मकवानपुरको हेटौँडामा तामाङ पत्रकारहरुका लागि ३ दिने तामाङ (तामायिग) लिपी प्रशिक्षण  भएको छ । तामाङ पत्रकार संघ मकवानपुरको आयोजना तथा हेटौंडा उपमहानगरपालिकाको सहयोगमा तालिम संचालन भएको हो । तालिममा मेम्बर लो र लिला कुमार घलानले प्रशिक्षण दिदैँछन् । तामाङ पत्रकार संघ मकवानपुरका अध्यक्ष जयराम मोक्तानको अध्यक्षता तथा केन्द्रीय सचिव आदर्शसिं थोकरको प्रमुख आतिथ्यतामा भएको कार्यक्रममा नेपाल तामाङ घेदुङ संघ बागमती प्रदेशका अध्यक्ष लिलाकुमार घलान, जिला उपाध्यक्ष आत्मराम मोक्तान, नेपाल पत्रकार महासंघ बागमती प्रदेशका अध्यक्ष कृष्ण सारु मगर, महासंघ मकवानपुर शाखाका अध्यक्ष बालकृष्ण अधिकारी, राक्सिराङ गाउँपालिकाका उपाध्यक्ष वनस्तम थिङ, तामाङ पत्रकार संघ बागमती प्रदेशका अध्यक्ष ज्ञानेन्द्र तामाङ, हेटौंडा उपमहानगरपालिकाका…
Read More
चट्याङबाट बालकको मृत्यु

चट्याङबाट बालकको मृत्यु

मकवानपुर । मकवानपुरमा विहीबार दिउँसो परेको वर्षासँगै चट्याङ लागेर एक बालकको मृत्यु भएको छ । एक जना घाइते भएका छन् । चट्याङबाट कैलाश गाउँपालिका-९ थामलेकका १४ वर्षीय कान्छा गोलेको ज्यान गएको हो। उनी घर बाहिर खाटमा बसिरहेका थिए। त्यही बेला एक्कासि परेको चट्याङले उनलाई समातेको थियो। घटनास्थलमै उनको मृत्यु भयो। जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रवक्ता प्रहरी नायब उपरीक्षक श्यामु अर्यालले यसबारे पुष्टि गरेका छन्। यस्तै, बागमती गाउँपालिका-२ देउरालीका ३२ वर्षीय कृष्णबहादुर श्रेष्ठ पनि चट्याङको चपेटामा परे। उनी घरभित्रै बसिरहेका बेला चट्याङ लागेर घाइते भए। हाल उनको राईगाउँ स्वास्थ्य चौकीमा उपचार भइरहेको जनाइएको छ। स्वास्थ्य अवस्था सामान्य रहेको प्रहरीले बताएको छ।…
Read More
विपद् र महामारीमा सतर्क कैलाश गाउँपालिका

विपद् र महामारीमा सतर्क कैलाश गाउँपालिका

मकवानपुर । मकवानपुरको कैलाश गाउँपालिकाले प्राकृतिक तथा मानवीय विपद्‌को सम्भावित जोखिमलाई मध्यनजर गर्दै उच्च सतर्कता अपनाएको छ। पालिका अध्यक्ष लोकबहादुर मुक्तानले गाउँपालिकालाई रोग, महामारी र प्राकृतिक विपद्बाट जोगाउने तयारी भएको स्पष्ट पारे। विपद् अघिल्लो सूचना बिना आउने भएकाले सधैं तयार रहनुपर्ने उनको भनाइ छ। स्थानीय द्रुत प्रतिकार्य समिति र टोलीसँगको अन्तरक्रियामा बोल्दै अध्यक्ष मुक्तानले मानिसमा लाग्ने रोगसहित पशुपन्छीमा फैलने महामारीप्रति पनि गम्भीर ध्यान दिएको बताए। विपद्‌ व्यवस्थापनमा आगामी नीति कार्यक्रम समावेश गरिने जानकारी दिँदै उनले स्वास्थ्यकर्मीलाई सधैं तयारी अवस्थामा रहन निर्देशन दिए। मौसम परिवर्तनको समय भएकाले मौसमी रोग फैलन सक्ने चेतावनी पनि उनले दिए। गाउँपालिकामा आवश्यक औषधिको व्यवस्था भइसकेको र…
Read More
बुढीचौरका गृहिणी महिला मौरीपालन तालिममा

बुढीचौरका गृहिणी महिला मौरीपालन तालिममा

मकवानपुर । मकवानपुरको मकवानपुरगढी गाउँपालिका वडा नम्बर ८, बुढीचौरका गृहिणी महिला मौरी पालनसम्बन्धी तालिममा सहभागी बनेका छन् । मकवानपुरगढी गाउँपालिका र बागमती प्रदेश सरकारको सामाजिक विकास मन्त्रालयको गृहिणी महिला सशक्तिकरण परियोजना अन्तर्गत नव चेतनशील समाज नेपालको आयोजनामा सञ्चालित एक साताको तालिममा उनीहरु सहभागी बनेका हुन् । २५ जेठबाट सुरु भएको तालिमको मकवानपुरगढी गाउँपालिकाका अध्यक्ष दोर्जे लामा स्याङ्तानले उद्घाटन गरे । अध्यक्ष स्याङ्तानले घरधन्दा तथा खेतीपातीका काममा व्यस्त रहने गृहिणीहरुका लागि यस तालिमले उद्यमशील बनाउँन सहयोग पुर्‍याउँने बताए । ‘सीप सिकेर उद्यमशील बन्ने विषय चानचुने होइन ।’ अध्यक्ष स्याङ्तानले भने, ‘आफ्नै गाउँघरमा आएको तालिममा सक्रियतापूर्वक सहभागी बनेर आर्थिक आम्दानी बढाउन लागिपर्नुस्…
Read More
No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.