नारायणीमा व्यवस्थापक खाँचो

मकवानपुर । मकवानपुरको हेटौँडा ९ मा रहेको नारायणी बहुउद्देश्यीय सहकारी संस्था लिमिटेडमा व्यवस्थापक पदका लागि एक जना कर्मचारी आवश्यक परेको छ ।

यो पदमा कर्मचारी आवश्यक परेको जनाउँदै सहकारीले दरखास्त आह्वान गरेको हो। संस्थामा हाल खाली रहेको पद पूर्तिको लागि इच्छुक र योग्य नेपाली नागरिकलाई सूचनामार्फत आवेदन दिन आग्रह गरिएको हो।

संस्थाले २०८२ सालको जेठ १९ गते सूचना प्रकाशन गरी दरखास्त मागेको हो। उम्मेदवारले ३५ वर्ष उमेर पूरा गरेको हुनुपर्नेछ। शैक्षिक योग्यता रूपमा वाणिज्य संकायबाट स्नातकोत्तर तह उर्तिण वा सो सरहको अध्ययन गरेको हुनुपर्ने उल्लेख गरिएको छ।

त्यस्तै, कम्प्युटर सफ्टवेयर प्रोग्रामहरू चलाउन सक्ने र कम्प्युटर सम्बन्धी डिप्लोमा गरी दक्षता हासिल गरेको अनुभवी व्यक्तिले मात्र आवेदन दिन सक्ने व्यवस्था गरिएको छ। परीक्षाको किसिम लिखित, प्रयोगात्मक तथा अन्तरवार्ता ९सहकारी विकास प्रस्ताव योजनासहित० हुने जनाइएको छ।

दरखास्त दिनको अन्तिम मिति २०८२ साल असार २ गते सोमबार कार्यालय समय भित्र तोकिएको छ। संस्थाको खातामा दाखिला गरिएको रू. ५०० दस्तुर तिर्नुपर्नेछ भने दस्तुर फिर्ता नहुने व्यवस्था गरिएको छ।

संस्थाले सर्ट लिस्टमा परेका उम्मेदवारहरूको नामावली तथा अन्तरवार्ता र प्रयोगात्मक परीक्षाको तालिका २०८२ असार ५ गते सार्वजनिक गर्ने जनाएको छ।

यसका लागि सम्पर्क नम्बर ०५७-५२०५१५ उपलब्ध गराइएको छ। नियुक्ति सम्बन्धी अन्य जानकारीमा आपसी सहमतिको आधारमा छलफल गरिने जानकारी संस्थाले दिएको छ।

By खुड्किलो

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Related Posts

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.