खबर

सामान्य प्रशासन मन्त्रीमा भगवती नियुक्त

सामान्य प्रशासन मन्त्रीमा भगवती नियुक्त

मकवानपुर । संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रीमा राष्ट्रिय सभा सदस्य भगवती न्यौपाने नियुक्त भएकी छन् । राष्ट्रपति रामचन्द्र पौडेलले प्रधानमन्त्री केपी शर्मा ओलीको सिफारिसमा मंगलबार न्यौपानेलाई मन्त्री पदमा नियुक्त गरेका हुन् । उनी नेकपा एमालेका तर्फबाट राष्ट्रिय सभा सदस्य हुन् । घुस डिल प्रकरणमा मुछिएपछि राजकुमार गुप्ताले मन्त्री पदबाट राजीनामा दिएका थिए । न्यौपाने २०७६ सालमा गण्डकी प्रदेशबाट राष्ट्रिय सभा सदस्यमा निर्वाचित भएकी हुन् । राष्ट्रिय सभा सदस्यको रूपमा उनको कार्यकाल आगामी २० फागुनसम्म छ । तनुहँ घर भएकी न्यौपानेले ०५१ सालमा पहिलोपल्ट एमालेको पार्टी सदस्यता लिएकी थिइन् । उनी अनेरास्ववियु, अनेम संघ हुँदै पार्टीको केन्द्रीय सदस्य बनेकी हुन्…
Read More
प्रदेशस्तरीय प्रहरी अस्पताल शिलान्यास

प्रदेशस्तरीय प्रहरी अस्पताल शिलान्यास

मकवानपुर । मकवानपुरको हेटौँडा उपमहानगरपालिका-१७ स्थित हटियामा मंगलबार बागमती प्रदेशस्तरीय प्रहरी अस्पतालको शिलान्यास गरिएको छ । बागमती प्रदेश सरकारले प्रहरी र स्थानीय बासिन्दालाई लक्षित गरी आधुनिक स्वास्थ्य संरचना निर्माणको थालनी गरेको हो। प्रदेशका आन्तरिक मामिला तथा कानुनमन्त्री सुरजचन्द्र लामिछानेले अस्पताल शिलान्यास गर्दै प्रहरी मात्र नभई आसपासका सर्वसाधारण नागरिकले समेत यसबाट सुलभ र गुणस्तरीय स्वास्थ्य सेवा पाउने विश्वास व्यक्त गरे। प्रहरीको सेवा र सुरक्षाका लागि जीवन अर्पण गर्ने सुरक्षाकर्मीलाई आवश्यक स्वास्थ्य सेवा प्रवाह गर्न विशेष ध्यान दिइएको भन्दै उनले अस्पताल निर्माण कार्यलाई प्रदेश सरकारले उच्च प्राथमिकतामा राखेको उल्लेख गरे। बागमती प्रदेश प्रहरी कार्यालयमार्फत कार्यान्वयनमा ल्याइएको यस योजनाअन्तर्गत अस्पताल भवन परिसरमा पहिलो…
Read More
जनसङ्ख्याको चुलिँदो चुनौती

जनसङ्ख्याको चुलिँदो चुनौती

मकवानपुर।  विश्वभर विविध कार्यक्रमका साथ शुक्रबार विश्व जनसङ्ख्या दिवस मनाइएको छ। संयुक्त राष्ट्रसंघको आह्वानमा यो दिवस हरेक वर्ष जुलाई ११ तारिखका दिन मनाइन्छ, जसले विश्वभर जनसङ्ख्याको अवस्थाबारे चेतना फैलाउने र आगामी नीति तथा योजनामा यसको सन्तुलन सुनिश्चित गर्ने उद्देश्य राख्दछ। यस वर्ष पनि संसारभरका देशहरूमा जनसङ्ख्याका विविध पक्षमा केन्द्रित कार्यक्रमहरू, छलफल, गोष्ठी र विचारविमर्श आयोजना गरिएका छन्। संयुक्त राष्ट्रसंघका तथ्याङ्कअनुसार मानव जातिको इतिहासमा पहिलो अर्ब जनसंख्यामा पुग्न लाखौं वर्ष लाग्यो भने पछिल्लो दुई सय वर्षको अवधिमा त्यो संख्या सात गुणाले वृद्धि भइसकेको छ। सन् २०११ मा विश्व जनसङ्ख्या सात अर्ब पुगेको थियो भने २०२१ सम्ममा यो संख्या सात अर्ब ९०…
Read More
मकवानपुरगढीको आशा जगाउँने बजेट

मकवानपुरगढीको आशा जगाउँने बजेट

मकवानपुर । मकवानपुरको मकवानपुरगढी गाउँपालिकाले आगामी आर्थिक वर्ष २०८२/८३ का लागि ७४ करोडभन्दा बढीको बजेट सार्वजनिक गरेको छ। यो बजेटमा समेटिएका योजनाहरू गाउँको विकास, समृद्धि र नागरिक कल्याणतर्फ उन्मुख छन्। कृषिमा आत्मनिर्भरता कृषक परिचयपत्र वितरण हुँदैछ। स्थानीय अन्नबालीका लागि न्यूनतम समर्थन मूल्य तोकिनेछ। बाँझो जमिन खनजोत गर्न उत्प्रेरणा दिइनेछ। ‘एक वडा, एक उत्पादन’ कार्यक्रमलाई थप प्रभावकारी बनाइनेछ। पशुपालनमा भरोसा संक्रमणजन्य रोग नियन्त्रणका लागि खोप सुनिश्चित गरिनेछ। पशु बिमा, साइलेज उत्पादन, दुध परिक्षण र घाँस खेतीको प्रोत्साहन कार्यक्रम सञ्चालन हुनेछन्। पर्यटनमा उज्यालो सम्भावना ऐतिहासिक दरबारदेखि धार्मिक स्थलहरूसम्म पूर्वाधारमा लगानी बढाइनेछ। पर्यटनले गाउँको पहिचान र आय वृद्धि गर्ने आशा गरिएको छ। शिक्षा…
Read More
गुरु पूर्णिमामा शिक्षक सम्मानित

गुरु पूर्णिमामा शिक्षक सम्मानित

मकवानपुर । गुरु पूर्णिमाको उज्यालो बिहान। मकवानपुरको एउटा सभा हल उत्सवको रौनकले भरिएको थियो। सादा पोशाकमा अनुहारभरि अनुभवका रेखाहरु बोकेका शिक्षकहरू, जसले दशकौँसम्म ज्ञानको उज्यालो छर्दै आएका थिए, आज आफ्नै विद्यार्थी र समकालीन शिक्षासेवीहरूबाट सम्मानित हुँदै थिए। नेपाल निवृत्त शिक्षक समाजले आयोजना गरेको विशेष कार्यक्रममा नौ जना ज्येष्ठ शिक्षकहरूलाई ‘ज्येष्ठ नागरिक शिक्षक सम्मान’ अर्पण गरिँदा उपस्थित हरेकको आँखामा सम्मानको आभा र समर्पणको भाव छल्किरहेको थियो। सम्मान प्राप्त गर्ने शिक्षकहरूमा केशव प्रसाद शर्मा न्यौपाने, शंकरप्रसाद लामिछाने, विष्णुप्रसाद सुवेदी, नागेन्द्र ठाकुर, प्रेमजी श्रेष्ठ, शिवप्रसाद गिरी, निरञ्जन अधिकारी र सानुनानी अधिकारी रहेका थिए। यिनीहरूको योगदान शिक्षाको पाठशालाभन्दा बाहिर समाजमा पनि उतिकै महत्वपूर्ण थियो।…
Read More
शंकरज्योतिलाई सहयोग

शंकरज्योतिलाई सहयोग

मकवानपुर । मकवानपुरको हेटौँडा उपमहानगरपालिका वडा नम्बर ११ सिमलटारमा रहेको शंकरज्योति माध्यमिक विद्यालयलाई टोल विकास संस्था नगर समन्वय समिति, हेटौँडा उपमहानगरपालिकाको २५ औं स्थापना दिवस तथा रजत महोत्सव २०८२ का अवसरमा ईलेक्ट्रिक वाटर फिल्टर तथा डिस्पेन्सर सहयोग गरिएको छ। समितिका अध्यक्ष ध्रुव प्रसाद अधिकारीले विद्यालयका प्रधानाध्यापक महेश रिजाललाई विद्यालय पुगेर सामग्रीहरू हस्तान्तरण गरे । अध्यक्ष अधिकारीले टोल विकास संस्था नगर समन्वय समितिले समाज रुपान्तरणका विभिन्न पक्षहरूमा समर्पित भावनाले काम गर्दै आएको बताए । उनले शिक्षण संस्थामा स्वच्छ पिउने पानीको पहुँच हुनु विद्यार्थीहरूको स्वास्थ्य र सिकाइ दुवैका लागि महत्वपूर्ण हुने बताए । विद्यालयका प्रधानाध्यापक महेश रिजालले टोल विकास संस्था नगर समन्वय…
Read More
बागमतीमा ६७ अर्बको बजेट पारित

बागमतीमा ६७ अर्बको बजेट पारित

मकवानपुर । बागमती प्रदेश सरकारको आर्थिक वर्ष २०८२/८३ का लागि ल्याइएको ६७ अर्ब ५७ करोड ४१ लाख रुपैयाँको बजेट प्रदेश सभाबाट बहुमतको आधारमा पारित भएको छ। अर्थसम्बन्धी प्रस्ताव कार्यान्वयन गर्न प्रस्तुत विनियोजन विधेयक २०८१ र अन्य विधेयकहरू पनि बहुमतले पारित भएका हुन्। साथै, बजेटसँग सम्बन्धित पुरक प्रस्ताव पनि प्रदेश सभाले स्वीकृत गरेको छ। यो बजेट असार १ गते आर्थिक मामिला तथा योजना मन्त्री कुन्दनराज काफ्लेले सदनमा प्रस्तुत गरेका थिए। यद्यपि, बजेटमाथिको औपचारिक छलफल असार १२ गतेदेखि सुरु भए पनि विभिन्न दलबीचको विवादका कारण बैठक पटक-पटक स्थगित हुन पुगेको थियो। बजेटमाथिको छलफलमा सांसदहरूले बजेटका विभिन्न पक्षबारे प्रश्न उठाएका थिए। विपक्षी मात्र…
Read More
योग दिवस मनाइँदै

योग दिवस मनाइँदै

मकवानपुर । हरेक वर्ष जुन २१ मा मनाइने अन्तर्राष्ट्रिय योग दिवस शनिबार नेपालमा पनि मनाइँदै छ । संयुक्त राष्ट्रसंघको महासभाले सन् २०१४ मा गरेको निर्णय अनुसार सन् २०१५ जुन २१ देखि अन्तर्राष्ट्रिय योग दिवस मनाउन थालिएको हो । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले संयुक्त राष्ट्र संघको ६९ औँ महासभामा योग सबैका लागि सधैँका लागि आवश्यक भएकाले अन्तर्राष्ट्रिय योग दिवसको घोषणा गर्न प्रस्ताव गरेका थिए । सो प्रस्तावमा नेपालका तत्कालीन प्रधानमन्त्री सुशील कोइरालाले पहिलो समर्थन गरेपछि युरोपियन युनियन लगायत संयुक्त राष्ट्रसंघका स्थायी सदस्य राष्ट्रले समर्थन गरेका थिए । नेपालमा विसं २०३६ माघ १ गतेदेखि सूर्य उत्तरायण लाग्ने दिनको अवसर पारेर योग दिवस…
Read More
संसदीय पत्रकारिताबारे अभिमुखीकरण

संसदीय पत्रकारिताबारे अभिमुखीकरण

मकवानपुर । बागमती प्रदेश सभा सचिवालयले संसदीय विधि व्यवस्थापनको प्रकृया तथा संसदीय पत्रकारिताका विषयमा सञ्चारकर्मीले निर्वाह गर्नुपर्ने भूमिकाबारे अभिमुखीकरण प्रदान गरेको छ । बुधबार र विहीबार दुई दिनसम्म चलेको कार्यक्रममा विभिन्न सञ्चारमाध्यममा कार्यरत २० जना पत्रकारको सहभागिता रहेको थियो । अभिमुखीकरणमा वरिष्ठ पत्रकार युवराज घिमिरेले नेपाली पत्रकारिताको अभ्यास र चुनौती र दुर्गा खनालले राजनीतिक र संसदीय पत्रकारिताको प्रवृत्ति र चुनौतीका विषयमा सहजीकण गरेका थिए । कार्यक्रम उद्घाटनमा बागमती प्रदेश सभाका सभामुख भुवन कुमार पाठकले पछिल्लो समय सूचना प्रविधिमा भइरहेको विकासले पत्रकारिता क्षेत्रमा चुनौती थपिएको बताए । उनले छापा, रेडियो, टेलिभिजन हुँदै अहिलेको एआइसम्मको विकासलाई पछ्याउँदै अघि बढ्नुपर्ने आवश्यकता रहेकोमा जोड…
Read More
मनहरीले कृषिमा समर्थन मूल्य तोक्ने

मनहरीले कृषिमा समर्थन मूल्य तोक्ने

मकवानपुर । मकवानपुरको मनहरी गाउँपालिकाले आगामी आर्थिक वर्ष २०८२/८३ का लागि कृषि, पूर्वाधार र सामाजिक विकासलाई प्राथमिकतामा राख्दै नीति तथा कार्यक्रम सार्वजनिक गरेको छ। गाउँपालिकाले आगामी वर्ष पालिका क्षेत्रमा उत्पादन हुने कृषि उपजको न्यूनतम मूल्य निर्धारण गरी समर्थन मूल्य तोक्ने निर्णय गरेको हो। यस निर्णयलाई सहकारी संस्थामार्फत कार्यान्वयनमा ल्याइने छ। पालिकाका अध्यक्ष रञ्जन कालाखेतीले गाउँसभाको १७ औँ अधिवेशनमा नीति तथा कार्यक्रम प्रस्तुत गर्दै कृषकको हितमा प्रभावकारी कार्य अघि बढाइने जानकारी दिए । गाउँपालिकाले खेतीयोग्य तर हाल बाँझो अवस्थामा रहेको जमिनको वास्तविक तथ्यांंक संकलन गर्ने र त्यसलाई उत्पादनमा ल्याउने योजना अघि सारेको छ। यसका लागि मकै खेतीलाई प्राथमिकतामा राखी बीउ तथा…
Read More
No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.