खबर

१८ औँ गणतन्त्र दिवस मनाइँदै

१८ औँ गणतन्त्र दिवस मनाइँदै

मकवानपुर । नेपालमा गणतन्त्र अभ्यास भएको आज १८ वर्ष पुगेको छ। १५ जेठ २०६५ मा संविधानसभाको पहिलो बैठकले निरंकुश राजतन्त्रको अन्त्य गरी संघीय लोकतान्त्रिक गणतन्त्र घोषणा गरेको थियो। २४० वर्ष पुरानो राजतन्त्र समाप्त भई नागरिक सर्वोच्चता स्थापित भएको ऐतिहासिक दिनका रूपमा गणतन्त्र दिवस मनाइन्छ। यस दिनले नेपाली जनतालाई स्वतन्त्रता, सामाजिक न्याय र समावेशी शासन प्राप्त गराएको सम्झना दिलाउँछ। यो दिवस वंशीय सत्तालाई जनताले पराजित गरेको प्रतीक हो। लोकतान्त्रिक गणतन्त्रले शिक्षा, स्वास्थ्य, सार्वजनिक सेवा र गरिबी निवारणमा समान अधिकार सुनिश्चित गरेको छ। गणतन्त्रले नेपाललाई विश्वमञ्चमा सम्मानजनक बनाउने अवसर दिएको छ। नागरिक अधिकारको संरक्षण र जनभावनाअनुरूप शासन गर्ने व्यवस्था निर्माण यसको मूल…
Read More
गणतन्त्र दिवसमा प्रमुखको शुभकामना

गणतन्त्र दिवसमा प्रमुखको शुभकामना

मकवानपुर । गणतन्त्र दिवस-२०८२ को अवसरमा बागमती प्रदेश प्रमुख दीपक प्रसाद देवकोटाले शुभकामना व्यक्त गरेका छन् । ‘यस ऐतिहासिक तथा गौरवपूर्ण अवसरमा बागमती प्रदेश, स्वदेश तथा विदेशमा रहनुभएका सम्पूर्ण नेपाली दिदीबहिनी तथा दाजुभाइहरूमा हार्दिक शुभकामना व्यक्त गर्दछु’ उनको सन्देशमा छ । उनले आजको स्वर्णिम दिन ल्याउन आफ्नो प्राणको आहुती दिने ज्ञात अज्ञात शहीदहरूप्रती श्रद्धाञ्जली अर्पण गरेका छन् । संघीय लोकतान्त्रिक गणतन्त्र नेपालको राजनैतिक इतिहासको एक महत्वपूर्ण उपलब्धि भन्दै उनले यो नेपाली जनताको लामो संघर्ष, बलिदान र अथक प्रयासको देन भएको उल्लेख गरेका छन् । उनले भनेका छन्,‘ऐतिहासिक जनआन्दोलन २०६२/०६३ को सफलतासँगै मुलुकमा स्थापित गणतन्त्रले नेपाली जनतालाई सार्वभौमसम्पन्न बनाउँदै सबैलाई राष्ट्रनिर्माणको…
Read More
पत्रकारितामा देखिएको सङ्कटप्रति चिन्ता

पत्रकारितामा देखिएको सङ्कटप्रति चिन्ता

मकवानपुर। १३ र १४ जेठमा हेटौँडामा सम्पन्न नेपाल पत्रकार महासंघ बागमती प्रदेश समितिको दोस्रो प्रादेशिक भेलाले पत्रकारिता पेशामा देखिएको सङ्कटप्रति गहिरो चिन्ता व्यक्त गर्दै १३ बुँदे ‘हेटौँडा घोषणापत्र’ जारी गरेको छ । बागमती प्रदेश सरकारका मुख्यमन्त्री बहादुर सिंह लामाले उद्‌घाटन गरेको भेलामा पत्रकार महासङ्घ बागमती प्रदेशका १३ जिल्ला, प्रदेश समिति, पेशागत सङ्गठनका प्रतिनिधिहरूको सहभागिता रहेको थियो । घोषणापत्रमा सङ्घीय लोकतान्त्रिक गणतन्त्रको रक्षा, प्रेस स्वतन्त्रताको प्रवर्द्धन, मानवअधिकार, सामाजिक न्याय, समावेशी सिद्धान्त र लोकतन्त्रप्रति प्रतिबद्धता व्यक्त गरिएको छ । विशेषगरी श्रमजीवी पत्रकारको आर्थिक, भौतिक, सामाजिक सुरक्षा, न्यूनतम पारिश्रमिक, स्वास्थ्य तथा दुर्घटना बीमा र सामाजिक सुरक्षा कोषमा समावेश गरिनुपर्ने माग गरिएको छ ।…
Read More
बैकुण्ठमा सिकाइयो साबुन बनाउन र मौरी पालन गर्न

बैकुण्ठमा सिकाइयो साबुन बनाउन र मौरी पालन गर्न

मकवानपुर । मकवानपुरको कैलाश गाउँपालिकाको वडा नम्बर २ बैकुण्ठमा नयाँ उद्यमी सृजनाका लागि साबुन बनाउने र मौरी पालन तालिम सञ्चालन भएको छ । गाउँपालिकाको आर्थिक सहयोगमा तालिम सञ्चालन भएका हो । गरिबी निवारणको लागि लघु उद्यम विकास कार्यक्रम (मेड्पा)अन्तरगत नयाँ सृजना तर्फको उद्यमीहरुको लागि साबुन बनाउने र मौरी पालन तालिम भएको गाउँपालिकाका उद्यम विकास शाखा प्रमुख प्रमिला अर्यालले जानकारी दिइन् । उनले साबुन बनाउने तालिममा २० जना र मौरी पालन तालिममा १० जना गरी तीसज जनाले सीप सिकेको बताईन् । वडा नम्बर २ का वडाध्यक्ष राजेन्द्र घिसिङको अध्यक्षतामा तालिम सञ्चालन भएको थियो । सीप सिकेर रोजगारी बन्ने उद्देश्यका साथ साबुन…
Read More
बस दुर्घटनामा दुई जनाको मृत्यु

बस दुर्घटनामा दुई जनाको मृत्यु

मकवानपुर । मकवानपुरको थाहा नगरपालिका–३ स्थित त्रिभुवन राजपथ सडकखण्डमा यात्रुबाहक बस दुर्घटना हुँदा दुई जनाको ज्यान गएको छ भने चार जना घाइते भएका छन्। प्रहरीका अनुसार ब्रेक फेल भएको कारणले दुर्घटना भएको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ। गोपाली गाउँबाट थानाबजारतर्फ गइरहेको बा ३ ख ५९९० नम्बरको यात्रुबाहक बस अनियन्त्रित भई सडकबाट बाहिरिएर पैदल यात्रुहरूलाई ठक्कर दिँदै थाहा नगरपालिकाका उपप्रमुख भरत गोपालीको घरभित्र पसेको थियो। दुर्घटनामा परेर थाहा नगरपालिका-९ का ४० वर्षीय कृष्ण बलामी र सप्तरीको विष्णुपुर गाउँपालिका-५ का ३५ वर्षीय लोकेन्द्र कुमार ठाकुर गम्भीर घाइते भएका थिए। दुवैलाई उपचारको लागि अस्पताल पुर्‍याइएको भए पनि चिकित्सकले मृत घोषणा गरेका थिए। दुर्घटनामा झम्केश्वरी…
Read More
खानेपानी बोर्ड १२ औँ वर्षमा

खानेपानी बोर्ड १२ औँ वर्षमा

मकवानपुर । हेटौँडा खानेपानी व्यवस्थापन बोर्डले आफ्नो १२ औँ वार्षिकोत्सव विविध कार्यक्रमसहित मनाएको छ । बोर्ड अध्यक्ष प्रताप विष्टको अध्यक्षता, हेटौँडा उपमहानगरपालिकाका प्रमुख मीनाकुमारी लामाको प्रमुख आतिथ्य र प्रमुख जिल्ला अधिकारी स्किम श्रेष्ठको विशिष्ट आतिथ्यतामा वार्षिकोत्सव मनाइएको हो । प्रमुख लामाले नागरिकको अपेक्षा अनुसार सेवा प्रवाहमा ध्यान दिनुपर्ने बताउँदै न्यूनतम १० युनिटसम्मको पानी खपत गर्ने उपभोक्ताको महसुल मिनाहा गरिएको जानकारी दिइन्। उनले जनमुखी सेवा दिन आग्रह समेत गरिन्। कार्यक्रममा उत्कृष्ट सेवा दिने कर्मचारी, नियमित महसुल तिर्ने उपभोक्ता, सूचना दिने नागरिक र समाजसेवीहरूलाई सम्मान गरिएको थियो। साथै, पहिलो उपभोक्ता समिति मयूरधाप खानेपानी तथा सरसफाइ उपभोक्ता समितिका अध्यक्ष गोपालबहादुर थपलियालाई विशेष सम्मान…
Read More
हेटौँडामा लम्पी स्किन संक्रमण

हेटौँडामा लम्पी स्किन संक्रमण

मकवानपुर। मकवानपुरको हेटौँडामा गाईभैंसीमा सर्ने लम्पी स्किन रोगको संक्रमण पुष्टि भएको छ। हेटौंडा उपमहानगरपालिका-१७ की टिकादेवी ढकाल र वडा नम्बर १८ का रामप्रसाद पौडेलका गाईको परीक्षणपछि यो रोग देखिएको हो। त्रिपुरेश्वरस्थित केन्द्रीय पशुपन्छी रोग अन्वेषण प्रयोगशालामा गरिएको रियल टाइम पीसीआर परीक्षणबाट लम्पी स्किन पोजिटिभ रहेको पुष्टि भएको पशु सेवा कार्यालय मकवानपुरका प्रमुख डा. बज्र किशोर ठाकुरले जानकारी दिए। संक्रमण खुला सिमाना र नयाँ पशु खरिदबिक्रीका कारण फैलिएको भन्दै जनचेतना, खोप अभियान र बायो सेक्युरिटीमार्फत न्यूनीकरण प्रयास भइरहेको छ। जेठ पहिलो सातादेखि सुरु खोप अभियानअन्तर्गत हेटौंडा, बकैया र मनहरी क्षेत्रमा हालसम्म ३० हजार डोज खोप लगाउने लक्ष्य राखिएको छ। अघिल्लो वर्ष…
Read More
मकवानपुरगढी पर्यटन समितिमा केदार

मकवानपुरगढी पर्यटन समितिमा केदार

मकवानपुर ।  मकवानपुरगढी पर्यटन विकास समन्वय समितिको १५औं वार्षिक साधारणसभा तथा दोस्रो अधिवेशन शुक्रबार हेटौँडामा  भएको छ। अधिवेशनबाट केदार प्रसाद न्यौपानेको अध्यक्षतामा नयाँ ११ सदस्यीय कार्यसमिति चयन गरिएको छ। समितिको नवगठित कार्यसमितिमा उपाध्यक्ष शंकरलाल श्रेष्ठ, सचिव ओकिलराज बानिया, कोषाध्यक्ष शंकर बि.सी., र सहसचिव अनिल पराजुली चयन भएका छन्। यस्तै, समितिको सदस्यहरूमा एमपी शर्मा, उमा श्रेष्ठ, सङ्ग्राम श्रेष्ठ, सुमित श्रेष्ठ, विनोद पुडासैनी र कृष्ण प्रसाद पोखरेल रहेका छन्। नयाँ नेतृत्व चयन भएसँगै समितिले आगामी दिनमा गढी क्षेत्रको पर्यटकीय सम्भावनालाई उजागर गर्न थप सक्रियता देखाउने अपेक्षा गरिएको छ। कार्यक्रममा हेटौँडा उपमहानगरपालिकाकी प्रमुख मिना कुमारी लामाले कार्यक्रमको औपचारिक उद्घाटन गरेकी थिइन्। उनले कार्यक्रमको…
Read More
रवि थुनामै रहनुपर्ने आदेश

रवि थुनामै रहनुपर्ने आदेश

काठमाडौँ । सर्वोच्च अदालतले राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति तथा पूर्वगृहमन्त्री रवि लामिछानेलाई थुनामुक्त गर्न अस्वीकार गरेको छ। न्यायाधीश नहकुल सुवेदी र बालकृष्ण ढकालको इजलासले तीन दिनको सुनुवाइपछि आदेश सुनाएको हो। मंगलबार र बिहीबार बहस भए पनि नसकिएपछि शुक्रबारका लागि हेर्दाहेर्दैमा राखिएको थियो। रविका कानुन व्यवसायीले मंगलबार र बिहीबार बहस गरेका थिए भने बिहीबार छविका वकिलले बहस गरेका थिए। त्यसपछि सरकारी वकिल र जाहेरवालातर्फका अधिवक्ताहरूले पनि क्रमशः बहस पूरा गरेका थिए। अन्त्यमा रविको तर्फबाट जवाफी बहस गरिएको थियो। रुपन्देही जिल्ला अदालतले छविलाई थुनामा राख्ने र रविलाई एक करोड धरौटीमा रिहा गर्ने आदेश दिएको थियो। उक्त आदेशविरुद्ध दुवै पक्ष उच्च अदालत पुगेका…
Read More
रवि र छविको मुद्दामा आदेशको प्रतीक्षा

रवि र छविको मुद्दामा आदेशको प्रतीक्षा

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने र पूर्वडीआइजी छविलाल जोशीको मुद्दामा सुनुवाइ सकिएपछि आदेश आउन ढिलो भएपछि सर्वोच्च अदालत परिसरमा भीड बाक्लिँदै गएको छ। भिड व्यवस्थापन गर्न प्रहरीलाई समस्या भएको छ भने, रिपोर्टिङका लागि पुगेका पत्रकारहरूलाई गेटबाहिर निकालिएको छ। सडक पारी पठाइएका पत्रकारहरूसँगै रास्वपाका सयौँ कार्यकर्ता र समर्थकहरू सडकमा जुटेका छन्। आदेश अझै आइसकेको छैन। शुक्रबार जाहेरवालातर्फबाट वरिष्ठ अधिवक्ताहरू सुरेन्द्र भण्डारी, दिनेश त्रिपाठी, र अधिवक्ता रामचन्द्र आरसी गौतमले बहस गरेका थिए। जवाफी बहसमा रवि लामिछानेका तर्फबाट वरिष्ठ अधिवक्ता सुशीलकुमार पन्त र रमनकुमार श्रेष्ठ तथा जोशीका तर्फबाट सतिषकृष्ण खरेलले तर्क राखेका थिए। सुनुवाइ सकिएकोले न्यायाधीशहरू ढोका बन्द गरी आदेश…
Read More
No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.